नयाँ राहदानीको लागि पोल्याण्डमा घुम्ती सेवा

Published on

काठमाडौं । बर्लिनस्थित नेपाली दूतावास, वार्सास्थित अवैतनिक वाणिज्यदूतावास र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डको सहकार्यमा विद्युतीय राहदानी फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा कार्यक्रम सम्पन्न गरेको छ ।

पोल्याण्डको राजधानी वार्सामा अप्रिल १ देखि ३ तारिखसम्म संचालन भएको घुम्ती सेवामा २१५ जनाले नयाँ राहदानीको लागि आवेदन दिएका छन् । जसको उद्घाटन ३१ मार्चमा नै वार्सास्थित अवैतनिक वाणिज्यदूतावास कार्यालयबाटै भएको थियो । पोल्याण्डमा रहेका नेपालीहरुको नयाँ राहदानी बनाउन बायोमेट्रिक संकलनको लागि परराष्ट्र मन्त्रालयको बर्लिनस्थित नेपाल दूतावास र पोल्याण्डको लागि अवैतनिक वाणिज्यदूतावासको रोहबरमा घुम्ती सेवा संचालन गर्ने निर्णय बमोजिम सो सेवा सम्पन्न भएको हो ।

सन् २०२४ मार्च ३१ सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी ९इ(पासपोर्ट० को लागि फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि घुम्ती सेवा गरिएको हो । यसको सुपरीवेक्षण जर्मनी र पोल्याण्डका लागि नेपाली राजदूत रामकाजी खड्का र समन्वय पोल्याण्डका लागि अवैतनिक वाणिज्यदूत डा। बोधराज सुवेदीले गर्नुभएको थियो । सहजीकरण एनआरएनए एनसिसि पोल्याण्डले गरेको थियो ।

पोल्याण्डमा नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरु राहदानी साथै अन्य कागजपत्रको लागि बर्लिनस्थित नेपाली दूतावास धाउनु पर्ने समस्यालाई घुम्ती सेवाले सहजीकरण गरेको छ । घुम्ती सेवा सम्पन्न गर्नका लागि जर्मन दूतावासबाट प्रेम भण्डारी पुग्नुभएको थियो । यस्तै पोल्याण्डमा रहेका समाजसेवीहरु डा। एलिनी पोख्रेल सुवेदी ९एनआरएनए आइसिसी महिला सचिव०, मित्रलाल पार्दे ९ईनास ग्लोबलका सल्लाहकार०, गोपाल राई, नरेश सापकोटा, कविन्द्र सुवेदी, उदयराज गिरी लगायत स्वयंसेवकहरुले विशेष सहयोग गर्नु भएको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...