नारायणगढ–मुग्लिन सडक : पहिरोको जोखिम उच्च

Published on

काठमाडौं । सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ। भूगर्भविद् डा। रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताउनुभयो। “अहिले सडक विस्तार र सडकको भित्ता काट्न निर्माण गरिएको गाइडलाइन ९मार्गनिर्देशन० नै गलत छ। हामी पहिला पहाडको चट्टान काट्छौँ। अनि तल सामान्य ‘टोवाल’ लगाएर माथि त्यसै छाड्छौँ। अनि त पानी पर्ने बित्तिकै त्यो पहिरोका रूपमा सडकमा झर्ने नै भयो”, लामो समयदेखि सडकसँगैका पहिरो अध्ययन अनुसन्धानमा जुट्नुभएका डा। दाहालले भन्नुभयो।

विश्व बैङ्कको सहयोगमा सन् २०१५ को अप्रिलमा सम्झौता भई तीन अर्ब ३६ करोड रुपियाँ लागतमा चार वर्ष लगाएर ३६ किलोमिटर नारायणगढ–मुग्लिन सडक विस्तार गरिएको हो। एसियाली मापदण्डबमोजिम दुई लेनको सडक बनाउने योजनाअनुसार यो सडकको निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणका क्रममा पहाड काटिएको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिमबारे भारतीय कम्पनी इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोक्रेट ९आईसीटी०ले अध्ययन गरी प्राविधिक सुझाव पनि दिएको थियो।

आईसीटीको विज्ञ टोलीले सडकको ३१ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरेर नियन्त्रणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनालाई सुझाव दिएको थियो। सोही प्राविधिक सुझावका आधारमा आयोजनाले थप १४ करोड रुपियाँ खर्च गरी पहिरो नियन्त्रणको काम पनि ग¥यो तर पहिरो रोकिएन। सडकको २० किलो, १४ किलो, १४ किलो, पाँचकिलो, चार किलोलगायत एक दर्जन ठाउँमा अहिले पनि सामान्य वर्षात् हुँदा पहिरोको समस्या भइरहन्छ। प्राविधिक त्यो अध्ययन टोलीको रायसुझावभन्दा पनि बाहिरबाट पहिरो झरेर समस्या दिएको बताउँछन्।

यो वर्ष जोखिम बढी

यो वर्ष पहिरोले अझ बढी दुःख दिने विज्ञको अनुमान छ। यो सडकमा अहिले केही पुल तयार भएका छन् भने केही निर्माण भइरहेका छन्। यी पुल बनाउँदा पनि चिसेन्जी, तुइन, काली, सिमलताल र नाम्चे खोलामा पुल निर्माण गर्दा भित्ता काटिएकाले पहिरोको जोखिम बढेको हो। विश्व बैङ्ककै एक अर्ब २७ करोड पाँच लाख रुपियाँ सहयोगमा २०७६ चैत १० गते ठेक्का सम्झौता भई बन्न सुरु भएका १९ पुलमध्ये १५ वटा पुल अहिले निर्माण भइरहेका छन्। यीमध्ये ११ वटा पुलको निर्माण सम्पन्न भएकाले हस्तान्तरणको तयारीमा छन्। “नयाँ भित्ता काटिएकामध्ये सबैभन्दा जोखिम नाम्चे पुलसँगैको पहिरो हो। यसबाहेक १८ किलो र केराबारीमा पनि समस्या हुने देखिन्छ”, नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भन्नुभयो। यससँगै यो सडकमा अहिले टोपेखोला, चार किलो, जलबिरे, भालुढुङ्गे क्षेत्रमा पनि पहिरोको जोखिम छ।

अस्थिर बन्यो पहाड

हाल सडक विभागमा कार्यरत भरतपुर डिभिजन सडक कार्यालय भरतपुरका पूर्वप्रमुख डिभिजन इन्जिनियर बाबुराम सापकोटाले पुनर्निर्माणकै क्रममा काटिएका पहाड स्थिर नभएकै कारण पहिरो चलिरहेको बताउनुभयो। “हरेक वर्ष नयाँ–नयाँ ठाउँबाट पहिरो झरिरहेको छ। यसको कारणबारे अध्ययन हुन जरुरी त पर्छ नै तर सेट भएर बसेको राजमार्ग हामीले चलायौँ ९पुनर्निर्माण गर्ने काम० फेरी सेट हुन पनि त समय लाग्छ,” उहाँले भन्नुभयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कअनुसार यस वर्षको साउनयता मात्रै यो सडकमा २५ पटक पहिरो झर्दा १०९ घण्टा अवरुद्ध भएको घटनाले पनि यो सडकको यात्रा अझै असुरक्षित छ भन्ने देखाउँछ। देशकै प्रमुख राजमार्गमध्येको एक हो नारायणगढ–मुग्लिन सडक। सङ्घीय राजधानी काठमाडाँैलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि र अन्य अत्यावश्यक सामान पनि यही सडकबाट आपूर्ति हुन्छ। राजधानीलाई तराईका जिल्लासँग जोड्ने यो मुख्य सडक एकैछिन अवरुद्ध हुँदा यहाँ गुड्ने हजारौँ सवारीसाधन र लाखौँ यात्रु अलपत्र पर्छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, भूगर्भ शास्त्रका विभागीय प्रमुख खुमनारायण पौडेलले सडक विस्तारका क्रममा तालमेल नहुँदा पनि समस्या भएको धारणा व्यक्त गर्नुभयो। “एउटै बाटोको पुल बनाउँदा छुट्टै अनि सडक बनाउँदा छुट्टै पहाड काट्नुपर्ने भएपछि जोखिम त बढ्ने नै भयो नि। एकै पटक पहाड चलाएका भए यो समस्या हुन्थ्यो र रु,” उहाँले भन्नुभयो।

जैविक विधिबाट संरक्षण गर्छौं

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा स्रोत साधनको अभावमा एकै पटक ठूला आयोजना गर्न नसकिने बताउनुभयो। “यही सडक पनि स्रोत खोजेर बनाइएको हो। अनि एकै पटक कसरी सम्पन्न गर्न सक्छौँ,” उहाँले भन्नुभयो। विज्ञहरूले औँल्याएजस्तो पहिरो नियन्त्रणमा हुने अध्ययन अनुसन्धान कमजोर नभएको पनि उहाँले दाबी गर्नुभयो। “हामीले विगतमा पृथ्वी राजमार्गलाई अति दुःख दिने कृष्णभीर, जोगिमारा जस्ता पहिरो त नियन्त्रण ग(यौँ भने नारायणगढ–मुग्लिन सडक माथिका पहिरो पनि नियन्त्रणमा आउनेछ,” उहाँले भन्नुभयो। कृष्णभीर र जोगिमारामा जैविक विधि अर्थात् वृक्षरोपण गरेर नै पहिरो नियन्त्रण गरिएको हो। यो काम नारयणगढ–मुग्लिन सडकमा पनि सुरु भइसकेको उहाँले बताउनुभयो।

भूगर्वविद् डा। रञ्जनकुमार दाहालले पहिरो नियन्त्रणमा परम्परागत विद्याभन्दा पनि नयाँ ज्ञान, सीपलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पहिला नयाँ शैलीबाट पहिरोको अध्ययन गरौँ। नियमन निकाय इञ्जिनियरिङ काउन्सिललाई जिम्मेवार बनाउँदै भूगर्वविद्ले ल्याएको सुझाव पालना गर्ने हो भने मात्रै पनि पहिरो नियन्त्रण गर्न सकिन्छ।” स्थानीय स्रोतसाधन र नवीनतम ज्ञान र सीपको भरपूर उपयोग गरेर भौगोलिक अवस्थालाई ध्यानमा राख्दै पहिरो नियन्त्रणको प्रयास गर्नुपर्ने उहाँको सुझाव छ। गोरखापत्र

ताजा समाचार

बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता

काठमाडौं । गत आर्थिक वर्ष २०८०८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी रकम...

थालेको काम सक्नु सरकारको मुख्य प्राथमिकता होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र सुरु गरिएका काम सक्नेकुरा...

उपसभामुख रानालाई पदबाट राजीनामा दिन माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन...

दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकलाई दौँतरी भेट्ने थलो बन्दै

काठमाडौं । घोराही उपमहानगरपालिका(६ का मनकला अधिकारी ८२ वर्षका पार गर्नुभयो । पन्ध्र वर्षअगाडि...