समयमै आयोजना सम्पन्न गर्ने सहमति

Published on

काठमाडौं । नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनको अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगतिको समीक्षा गर्दै समयमै सम्पन्न गर्न ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ ।

शुक्रबार बेइजिङमा बसेको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र चीनतर्फको नेतृत्व विदेश मामिलासम्बन्धी उपमन्त्री सुन वेइजोङले गर्नुभयो । बैठकमा दुवै पक्षले विद्यमान नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगबारे समीक्षा गर्दै द्विपक्षीय उच्चस्तरीय भ्रमणको आदान–प्रदान गर्ने विषयमा थप छलफल भयो । साथै विभिन्न क्षेत्रमा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने उपाय तथा आर्थिक सहयोगस व्यापार, लगानी र पर्यटन प्रवद्र्धनस जडान निर्माण र कृषि, शिक्षा, संस्कृति र जनसम्बन्ध विस्तारलगायतका क्षेत्रमा सहयोग आदानप्रदान थप सुदृढ गर्ने विषयमा पनि दुई देशीय प्रतिनिधिमण्डलले धारणा साटासाट गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार चीनका उपमन्त्री सुनले नेपालले एक चीन नीतिप्रति निरन्तर अडिग रहेको र शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तप्रति चीनको सम्मान रहेको बैठकमा बताउनुभयो । परराष्ट्र सचिव पौड्यालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति अहस्तक्षेपको सम्मान गर्ने चिनियाँ नीतिको प्रशंसा गर्नुभयो । दुई देशीय व्यापार घाटा कम गर्ने उद्देश्यले परराष्ट्र सचिव पौड्यालले नेपालको मौलिक उत्पादनहरू चिया, कफी, जडीबुटी, मासुलगायतका कृषिजन्य वस्तुको निर्यातमा प्राथमिकता दिन प्रस्ताव गर्नुभयो । चिनियाँ पक्षले चिनियाँ लगानीकर्तालाई पारस्परिक हितका क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सहमत जनाएको छ ।

परराष्ट्र सचिव पौड्यालले नेपाललाई सामूहिक पर्यटनका लागि बाहिरी गन्तव्य मुलुकको सूचीमा राखेकोमा चीन सरकारको प्रशंसा गर्नुभयो । त्यस्तै दुई पक्षबीच जनसम्पर्क र सांस्कृतिक सहयोग प्रवद्र्धन, नेपाली विद्यार्थी तथा पेसाकर्मीलाई छात्रवृत्तिको सङ्ख्या बढाउने, प्राविधिक विज्ञहरूको क्षमता विकास गर्नेलगायतका विषयमा थप छलफल भयो । बैठकमा संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चहरूमा दुई देशबीचको सहकार्य र एकअर्काको उम्मेदवारीमा पारस्परिक सहयोग आदानप्रदानको समीक्षा गरिएको थियो । संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यहरूको कार्यान्वयनको महत्व र तिनको एजेन्डा प्रवद्र्धनका विषयमा थप पहल गर्ने सहमति पनि बैठकमा भएको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...