हिमाल सफा गर्दै सेना

Published on

काठमाडौं । सफा हिमाल अभियान २०२३ अन्तर्गत विभिन्न चारवटा हिमाल सरसफाइका लागि नेपाली सेनाले तीनवटा टोलीलाई जिम्मेवारी दिएको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सेनाले सगरमाथा र ल्होत्से हिमाल सफाइका लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली, अन्नपूर्ण हिमाल सफाइका लागि सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली र बरुन्चे हिमाल सफाइका लागि सात जनाको टोली खटाइएको छ । सगरमाथा र ल्होत्से सफाइमा खटिएको टोली मङ्गलबार स्याङ्सोचे पुगेको र स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गरी एक साताभित्र सगरमाथा आधार शिविर पुग्ने प्रवक्ता भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिमालको सफाइ र पदमार्गमा समेत सरसफाइ गर्ने कार्यलाई थप प्रभावकारी बनाउने योजनाअनुसार सैनिक टोली तोकिएको क्षेत्रतर्फ जिम्मेवारीमा खटिइसकेको छ । अन्नपूर्ण सफाइ गर्ने टोली आधार शिविरमा पुगिसकेको छ भने बरुन्‍चे हिमाल सफाइका लागि चैत २३ गते एक टोली आधार शिविरतर्फ प्रस्थान गर्ने योजना छ ।” चारवटै हिमालबाट करिब ३५ मेट्रिक टन फोहोर सङ्कलन गर्ने लक्ष्यसहित खटिएको नेपाली सेनाको टोलीले विभिन्न मन्त्रालय, विभाग एजेन्सीलगायत विभिन्न सङ्घसस्था र स्थानीय तहको सहयोगमा मानवीय क्रियाकलापका कारण हिमालको बेस क्याम्पमा थुप्रिएका फोहोर व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...