राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

Published on

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।सातदोवाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा एनआरटी र ललीगुराँसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । प्रतिस्पर्धात्मक खेलमा एनआरटीले २६औँ मिनेटमा अन्जन विष्टको गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि लालीगुराँसका आशिष गुरुङले खेलको अन्तिम तथा ९०औँ मिनेटमा गोल गर्दै टोलीलई हारबाट जोगाउनुभयो । बराबरीसँगै १० खेलबाट २० अङ्क बनाएको लालीगुराँस चौथो स्थानमा छ । समा खेलबाट १९ अङ्क जोडेको एनआरटी छैटौँ स्थानमा छ । १३ टोली सहभागि लिगको विजेताले १५ लाख रुपियाँ पाउने आयोजक एन्फाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...