बैतडीको झौलेक भिरमा जिप दुर्घटना, छ जनाको मृत्यु (नामावलीसहित)

Published on

काठमाडौं । बैतडी(बझाङ जोड्ने जयपृथ्वी मार्गको खोड्पे(विन्द्रावन सडक खण्डको झौलेक भिरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्। पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट दुर्घटना भएको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ । घटनास्थलमा बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी सुरक्षाकर्मीसहित पुग्नु भएको छ।

झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको भण्डारी ट्राभल्स लेखेको जिप मंगलबार राति ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका -५, का मने बोहरा ( वर्ष ६०) गोरख बोहरा(३५) नरे बोहरा (४०) विर्ख धामी (४५) मानबहादुर धामी (४५) वीरे धामी (४५) को मृत्यु भएको छ। मृतक सबै बझाङका हुन्।

जिपको पछाडी सवार ५ जना हाम फालेर बाँच्न सफल भएको प्रहरीको भनाई छ । जिपमा चालक अर्जुन बोहरा सहित १२ जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन् । झौलेक मोड काटेर खोलाको ठाडो घुम्तीको उकालोमा जिप अगाडि बढ्न नसकेर पछाडि धकेलिएको बताईएको छ। जिप पछाडि बसेका पाँच जनाले सडकमै हाम फालेर बाच्न सफल भएको बताएका छन्। प्रहरी घटनास्थलमा पुगेको छ । गोरखापत्र ।

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...