जाजरकोटमा तिन दिनमा १६ जना निरीक्षक निष्कासन

Published on

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा अमर्यादित बनाउने कार्यमा संलग्न १६ जना निरीक्षकलाई निष्कासन गरिएको छ । जाजरकोटका विभिन्न परीक्षा केन्द्रबाट निरीक्षकलाई निष्कासन गरिएको हो ।बिहीवार र शुक्रबारका परीक्षामा बारेकोट गाउँपालिका-९ दिपेन्द्र माध्यामिक विद्यालय सक्ला परीक्षा केन्द्रबाट चार, आइतबार शिवशङ्कर माध्यामिक विद्यालय जगतपुरबाट चार, मानेढुङ्गा माध्यामिक विद्यालय टालेगाँउबाट दुई, नारायणी मावि परीक्षा केन्द्रमा खटिएका छ जना गरि १६ जना निरीक्षकलाई निष्कासन गरिएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले माध्यामिक शिक्षा (एसईई) परीक्षामा खटिएको अनुगमन टोलीद्धारा सम्बन्धित विद्यार्थीका अभिभावक र परीक्षार्थीलाई अमर्यादित बनाउने कार्यमा संलग्न निरीक्षकलाई निष्कासन गरेको बताउनुभयो । एसईई परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित सकारात्मक भूमिका निर्वाह नगर्ने बालबालिकाको भविष्य प्रति खेलवाड गर्ने निरीक्षकलाई निष्कासन गर्ने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको निर्देशनमा विगतका परीक्षामा खटिन नपाउने गरि निष्कासन गरिएको बताउनुभयो । 

उहाँका अनुसार परीक्षा उलङ्घन गरि मर्यादा विपरित काम गर्ने निरीक्षकलाई स्पष्टिकरण सोधेर नाम सार्वजनिक गर्ने शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख खत्रीले जानकारी दिनुभयो । परीक्षा सकिएपछि सोही दिन परीक्षा केन्द्रमा उत्तरपुस्तिका परिक्षण गर्न थालिएको छ । चार हजार ८१३ जना विद्यार्थी मध्य  चार हजार ६५३ नियमित छन् । ७०८ अनुपस्थित,  ग्रेटबृद्धि तर्फ १३२ जना मध्य, ९३ जना परीक्षामा सहभागी भएको भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...