यौन हिंसा रोक्न युएन वुमनको आग्रह

Published on

काठमाडौं । लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

“युएन वुमन सुडानमा जारी द्वन्द्वबाट हामी गम्भीर रूपमा चिन्तित छौँ, हामी हाम्रा साझेदारहरूका साथ छौँ युद्धले सुडानी महिला र युवतीको जीवनमा  पनि गम्भीर प्रभाव पारेको छ ।  हामी सुडानका जनतासँग ऐक्यबद्धता जनाउँछौँ, महिलाहरूलाई हिंसामुक्त राख्न प्रतिबद्ध रहनुहोस्, “लैङ्गिक समानतामा समर्पित उक्त निकायकी कार्यकारी निर्देशक सीमा बहौसले एक विज्ञप्तिमा भनेकी छन् ।

युद्ध चर्केसँगै यौन हिंसा र महिला हिंसाका घटना बढेका विवरण सार्वजनिक भएसँगै उक्त संस्थाले सहनशील सुडानी महिलाहरू शान्तिको खोजीमा रहेका तथा देशमा शान्ति कायम गर्ने दिशामा उनीहरूको भूमिका आवश्यक भएको बताउँदै विज्ञप्तिमा कुनै पनि महिला कुनै पनि बहानामा प्रताडित वा हिंसाको सिकार हुननहुने तथा उनीहरूको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ । साथै युएन वुमनले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गर्दै स्थायी युद्धविरामका निम्ति आह्वान गरेको छ । रासस/सिन्ह्वा

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...