मध्य म्यान्मामा आँधी, छ जनाको मृत्यु

Published on

काठमाडौं । मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ । हुरीका कारण छ जनाको घटनास्थलमा नै ज्यान गएको तथा घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । आँधीमा परी दुई जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका हुन् ।

शनिबार बिहानसम्म थप मृत्युको खबर आएको छैन । आँधीले दुई सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । रासस/सिन्ह्वा

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...