मध्य म्यान्मामा आँधी, छ जनाको मृत्यु

Published on

काठमाडौं । मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ । हुरीका कारण छ जनाको घटनास्थलमा नै ज्यान गएको तथा घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । आँधीमा परी दुई जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका हुन् ।

शनिबार बिहानसम्म थप मृत्युको खबर आएको छैन । आँधीले दुई सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...