श्रीलङ्कामा ११२ प्रकारका औषधि अभाव

Published on

काठमाडौं । श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने एक सयभन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसदमा बताउनुभएको छ । सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको तर यसमध्ये ११२ प्रकारका औषधिको अभाव रहेको उहाँले बताउनुभयो ।

सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपियाँ ९१५ करोड ५० लाख अमेरिकी डलर० खर्च गर्ने गरेको उहाँले बताउनुभयो । आफ्नो आग्रहमा अर्थ मन्त्रालयले थप ४० अर्ब रुपियाँ ९१२ करोड ४० लाख डलर० थप गरेको जानकारी दिँदै उहाँले अभाव चाँडै अन्त्य हुने दाबी गर्नुभयो । श्रीलङ्काको आर्थिक सङ्कटका कारण सन् २०२२ देखि नै अस्पतालमा चिकित्सकीय अभाव देखिएको छ । रासस/सिन्ह्वा

ताजा समाचार

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)...

यस्तो छ आजको मौसम

काठमाडौं, १३ मंसिर । देशका केही स्थानमा बुधबार आंशिक बदली रहँदा केही स्थानमा हिमपातको...

कैलाली पुगे एमाले अध्यक्ष ओली

धनगढी, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुद्ध एयरको जहाजमार्फत कैलाली...