फिलिपिन्समा दुई जहाज ठोक्किँदा एकको मृत्यु, तीन बेपत्ता

Published on

काठमाडौं । फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा बोकेका दुईवटा जहाज एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन् । फिलिपिन्सको कोस्ट गार्ड ९पीसीजी०ले शनिबार जनाएअनुसार ती दुई जहाजमध्ये एउटा सिएरा लियोन ध्वजा वाहक जहाज दुर्घटना हुँदा चालक दलसहित २० जना घाइते भएको र तीमध्ये १६ जनालाई शुक्रबार उद्धार गरिएको छ भने एक जना चालक दलका सदस्यको शव शनिबार भेटिएको बताइएको छ ।

त्यसैगरी, पीसिजीले मार्शल टापुको ध्वजावाहक जहाजका सबै २१ जना चालक दल सुरक्षित रहेको बताएको छ । बेपत्ता चालक दलको खोजी र उद्धारकार्य जारी छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...