युएईलाई हराउँदै नेपाल च्याम्पियन

Published on

काठमाडौं । गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा छनोट भएको छ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । १० टोली सहभागी यस प्रतियोगिताको शीर्ष तीनमा परेसँगै नेपाल, युएई र ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा पनि सुनिश्चित गरेका छन् । जितका लागि युएईले दिएको एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा गुलशन झाले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
उहाँले ८४ बलमा तीन चौका र ६ छक्काको सहयोगमा अविजित ६७ रन बनाउनुभएको हो । गुलशनको यो एक दिवसीय खेल जीवनको दोस्रो अर्धशतक हो । भीम सार्कीले अविजित ३६ रन बनाउनुभयो । भिमले ७२ बलमा चार चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई एक र आशिफ शेखलाई आठ रनमा गुमाएको थियो । कप्तान रोहित पौडेल पनि एक रनमा पेभेलियन फर्किनु भएको थियो । बलिङमा युएईका रोहन मुस्तफाले दुई विकेट लिनुभयो । आयन अफ्जल खानले एक विकेट लिनुभयो । 
त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार बिहान पुन: सुरु भएको थियो । सोमबार वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार सोही ओभरबाट सुरु भएको खेलमा युएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाउनुभयो ।

कप्तान आर्यान लार्काले १३, मुम्हमद वासिमले ११, बसिल हमेद र जुनईद सिद्धिक्वीले १०(१० रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

युएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका ललित राजवंशीले चार विकेट लिनुभयो । सन्दीप लामिछाने र करण केसीले दुई दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकट लिनुभयो ।
घरेलु मैदानमा दर्शकको साथमा नेपालले समूह चरण देखिनै अपराजित यात्रा कायम राख्दै उपाधि चुमेको हो । उपाधिसँगै नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको हो । यसअघि नेपालले सन् २००२ मा पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो 

त्यतिबेला सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपाल एसिया कपमा पुगेको थियो । तर भारत र पाकिस्तानसँगको आन्तरिक द्वन्द्वका कारण त्यति बेला एसिया कप रद्द भएको थियो । जसले गर्दा नेपालले छनोट भएर पनि खेल्न पाएको थिएन । 

युएईविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी । गाेरखापत्र ।

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...