प्रधान सेनापति शर्मा र बेलायती लेफ्टिनेन्ट नोर्टोनबीच भेट

Published on

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका सेनापति लेफ्टिनेन्ट जेनेरल सर जर्ज नोर्टोनले भेटवार्ता गर्नुभएको छ । मङ्गलबार जङ्गी अड्डामा पुगेर सेनापति लेफ्टिनेन्ट जेनेरल नोर्टोनले प्रधान सेनापति शर्मासँग भेटवार्ता गर्नुभएको हो ।

सेनापति लेफ्टिनेन्ट जेनेरल नोर्टोनको नेतृत्वमा उक्त कलेजको १९ सदस्यीय टोली ६ दिवसीय अध्ययन भ्रमणका लागि हिजो (सोमबार) नेपाल भ्रमणमा आएको हो ।

उक्त टोलीले जङ्गी अड्डा, श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै ऐतिहासिक एवम् पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

विभिन्न राष्ट्रहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने प्रचलन रही आएको छ । नेपालमा मित्रराष्ट्रहरूबाट हुने यस किसिमको भ्रमणले सम्बन्धित देशहरूसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

ताजा समाचार

बार्सिलोना र पिएसजी सेमिफाइनलमा

काठमाडौँ । स्पेनिस पावर हाउस बार्सिलोना र फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन...

ताला फोडेर परीक्षा सञ्चालन

काठमाडौँ । कालीकोटको रास्कोट नगरपालिका शिक्षा शाखाले विद्यालयको ताला फोडेकोविरुद्ध नेपाल शिक्षक महासङ्घसहित विभिन्न...

‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’

काठमाडौँ । पछिल्ला केही दिन यता सङ्घीय राजधानी काठमाडौंका सडक अस्तव्यस्त छन् । कारण...

अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार...