सभापति लामिछानेद्वारा निर्वाचन खर्च विवरण सार्वजानिक

Published on

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गर्नुभएको छ । उहाँ रास्वपाका पार्टी सभापति समेत हुनुहुन्छ । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु नौ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ । आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च रु १० हजार, नमूना मतपत्र सामग्री छपाइमा रु ६८ हजार १६१, यातायात तथा इन्धन खर्च रु दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च रु १४ हजार २००, वडास्तरीय प्रचारप्रसार रु ४६ हजार, प्रचारप्रसारका लागि झण्डा र ब्याच खरिद रु एक लाख १२ हजार भएको जनाइएको छ । 

यसैगरी प्रचारप्रसारका लागि ब्यानर र ‘स्टिकर’ खरिद रु ५५ हजार, खाद्यान्न तथा रासन खरिद रु एक लाख ९६ हजार, हवाई खर्च रु १३ हजार ६२६ र गोष्ठी भेलामा रु एक लाख ८० हजार खर्च भएको जनाइएको छ । सो पार्टीको भरतपुर महानगर सभापति सीता ज्ञवालीले खर्च विवरण मङ्गलबार निर्वाचन आयोगमा पेस गर्नुभएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...