२०.३ प्रतिशतले घट्यो पेट्रोलियम पदार्थ

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (क्रुड आयल ब्रेन्ड) को मूूल्य २०.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूूल्य २० प्रतिशत घटेको हो । अन्तर्राष्ट्रिय बजारमा २०७८ चैत मसान्तसम्म प्रतिब्यारल १०८.४९ अमेरिकी डलर रहेकामा २०७९ चैतमा घटेर ८६.५१ अमेरिकी डलरमा झरेको हो । 

रुस–युक्रेनको युुद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको थियो । रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली सङ्घका मुलुकले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य एक्कासि बढेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर नेपालमा समेत परेको थियो । गत असोजदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रूपमा घट्दै गएको छ । पछिल्लो समय तेलको उत्पादन बढ्दै गएपछि मूूल्यमा गिरावट हुुँदै आएको हो । 

कच्चा तेलको मूल्यबारे जानकारी राख्ने आयल प्राइस डटकमका अनुसार बुुधबार अन्तर्राष्ट्रिय बजारमा बे्रन्ड क्रुड आयलको मूूल्य घटेर प्रतिब्यारेल ७६.६९ अमेरिकी डलरमा झरेको छ । एक महिनाको अवधिमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ । 

कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पाछ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट तेल खरिद गर्दै आएको छ । आइओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्य अनुसार नेपाललाई रिफाइन तेल प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोही मूल्यका आधारमा निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गरेको छ । 

गत असोजदेखि नै मूल्य घट्दै गए पनि निगमले भने न्यून मात्र मूल्य घटाएको छ । मूल्य बढेर आउँदा तत्काल बढाउने र घट्दा सो अनुुपात नघटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गर्छन् । खाना पकाउने एलपी ग्यासबाहेक अन्य सबै पेट्रोलियम पदार्थमा नाफा भए पनि तेल खरिद गरेबापतको इन्डियन आयल कर्पाेरेसन (आइओसी) लाई भुक्तानी तिर्न बाँकी रहेको भन्दै निगमले मूूल्य घटाएको छ । 

गत चैत २० मा प्रधानमन्त्रीको निर्देशनमा डिजेल, मट्टीतेलमा प्रतिलिटर १० रुपियाँ, हवाई इन्धन प्रतिलिटर १० रुपियाँ र पेट्रोल प्रतिलिटरमा तीन रुपियाँ मूल्य घटाएको थियो । त्यपछि वैशाख १८ गते आइओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा र डिजेल प्रतिलिटरमा चार रुपियाँ ११ पैसा मूूल्य घटेर आएको थियो तर निगमले भने स्थानीय बजारमा मूूल्य घटाएन । 

हाल बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपियाँ, डिजेल, मट्टीतेल १६५ रुपियाँ, हवाई इन्धन प्रतिलिटर १६० रुपियाँ र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।

ताजा समाचार

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...

गाउँमै मौलिकता झल्कने सङ्ग्रहालय

काठमाण्डौँ । नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको...

स्थानीय तहलाई गिटी र बालुवाको ठेक्का लगाउन सकस

काठमाण्डौँ । सिन्धुलीका स्थानीय तहले ढुङ्गा, गिटी र बालुवाको ठेक्का लगाउन सकेका छैनन् ।...

नेपाल एयरलाइन्समा देखिएका समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्छौ : मन्त्री पाण्डे

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको...