२०.३ प्रतिशतले घट्यो पेट्रोलियम पदार्थ

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (क्रुड आयल ब्रेन्ड) को मूूल्य २०.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूूल्य २० प्रतिशत घटेको हो । अन्तर्राष्ट्रिय बजारमा २०७८ चैत मसान्तसम्म प्रतिब्यारल १०८.४९ अमेरिकी डलर रहेकामा २०७९ चैतमा घटेर ८६.५१ अमेरिकी डलरमा झरेको हो । 

रुस–युक्रेनको युुद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको थियो । रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली सङ्घका मुलुकले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य एक्कासि बढेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर नेपालमा समेत परेको थियो । गत असोजदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रूपमा घट्दै गएको छ । पछिल्लो समय तेलको उत्पादन बढ्दै गएपछि मूूल्यमा गिरावट हुुँदै आएको हो । 

कच्चा तेलको मूल्यबारे जानकारी राख्ने आयल प्राइस डटकमका अनुसार बुुधबार अन्तर्राष्ट्रिय बजारमा बे्रन्ड क्रुड आयलको मूूल्य घटेर प्रतिब्यारेल ७६.६९ अमेरिकी डलरमा झरेको छ । एक महिनाको अवधिमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ । 

कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पाछ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट तेल खरिद गर्दै आएको छ । आइओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्य अनुसार नेपाललाई रिफाइन तेल प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोही मूल्यका आधारमा निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गरेको छ । 

गत असोजदेखि नै मूल्य घट्दै गए पनि निगमले भने न्यून मात्र मूल्य घटाएको छ । मूल्य बढेर आउँदा तत्काल बढाउने र घट्दा सो अनुुपात नघटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गर्छन् । खाना पकाउने एलपी ग्यासबाहेक अन्य सबै पेट्रोलियम पदार्थमा नाफा भए पनि तेल खरिद गरेबापतको इन्डियन आयल कर्पाेरेसन (आइओसी) लाई भुक्तानी तिर्न बाँकी रहेको भन्दै निगमले मूूल्य घटाएको छ । 

गत चैत २० मा प्रधानमन्त्रीको निर्देशनमा डिजेल, मट्टीतेलमा प्रतिलिटर १० रुपियाँ, हवाई इन्धन प्रतिलिटर १० रुपियाँ र पेट्रोल प्रतिलिटरमा तीन रुपियाँ मूल्य घटाएको थियो । त्यपछि वैशाख १८ गते आइओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा र डिजेल प्रतिलिटरमा चार रुपियाँ ११ पैसा मूूल्य घटेर आएको थियो तर निगमले भने स्थानीय बजारमा मूूल्य घटाएन । 

हाल बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपियाँ, डिजेल, मट्टीतेल १६५ रुपियाँ, हवाई इन्धन प्रतिलिटर १६० रुपियाँ र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...