बेलायतमा नेपाली श्रमिक शोषणप्रति आपत्ति

Published on

काठमाडौं । बेलायतमा मौसमी श्रमिकका रूपमा कार्यरत नेपालीलगायतका आप्रवासी श्रमिकमाथि चरम शोषण भएको भन्दै सरोकारवाला संस्थाहरूले विरोधको आवाज उठाउन थालेका छन् । आप्रवासी श्रमिकको अधिकारको क्षेत्रमा क्रियाशील संस्था सामाजिक न्यायका लागि कानुनी मञ्च (नेपाल), शरणार्थी तथा आप्रवासी आन्दोलन अनुसन्धान एकाइ ९बङ्गलादेश० आप्रवासीहरूको कल्याणका लागि संयुक्त परिषद्, बेचबिखनविरुद्ध र शोषण अनुगमन एकाइलगायतका प्राज्ञिक तथा अनुसन्धान गर्नेसहितका आधा दर्जनभन्दा बढी सरोकारवाला संस्थाले बेलायतमा श्रमिकमाथि भएको शोषणको विरोध गरेका हुन् ।

ती संस्थाले विभिन्न देशबाट मौसमी श्रमिकका रूपमा बेलायत जाने विभिन्न देशका आप्रवासी श्रमिकले जाने बेलामा नै चर्को शुल्क तिर्न परेको र बेलायत पुगिसकेपछि पनि बाध्यकारी श्रम गर्न बाध्य पारेको भन्दै बेलायत सरकारको ध्यानाकर्षण गराएका छन् । ती संस्थाले संयुक्त रूपमा बेलायत सरकारलाई पठाएको पत्रमा मौसमी श्रमिकका रूपमा बेलायत जाने आप्रवासीले हजारौँ पाउन्ड शुल्क तिर्न परेको र बेलायतमा पनि श्रमिकहरू बाध्यकारी श्रममा परेको उल्लेख गरिएको छ । बेलायतका सरकारी तथा गैरसरकारी विज्ञहरूले गरेको अध्ययनमा बेलायतमा मौसमी श्रमिकमा गएकाले जागिर सुरक्षित गर्न हजारौँ पाउन्ड तिर्नु परेको पाइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...