सुरक्षा र खाद्यान्नसहित अनेकौँ चुनौतीबीच सुडानी शरणार्थी

Published on

काठमाडौं । युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाईका कारण इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ ।

सीमामा पर्खिरहेका सयौं शरणार्थी परिवारमध्ये केहीसँग राहदानी छैन । महिला र बच्चाहरूलाई छुट दिइए पनि आफ्नो पति, भाइ वा छोरालाई भिसा नदिएसम्म आफुहरू कतै जान नसकेको बताउने एक महिलाले आफुहरूले इजिप्टको वाणिज्य दूतावासको कृपा पर्खेर दिन बिताइरहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार गत अप्रिल १५ मा दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच युद्ध सुरु भएयता एक लाख ३२ हजारभन्दा बढी शरणार्थी इजिप्ट आइपुगेका छन् ।

सीमावर्ती सहरवादी हल्फास्थित इजिप्टको वाणिज्य दूतावासले आफन्तलाई भिसा दिने पर्खाइमा रहेकी एक महिलाले केही दिनदेखि ‘कहिले भुइँमा त कहिले बसमा सुतिरहेको’ एएफपीलाई बताउनुभयो । 

नाम नबताउने शर्तमा ती महिलाले भन्नुभयो, “हामी खार्तूममा आफ्नो घरबाट भागेको एक महिना पछि आफ्ना केही काकीहरूसँग सीमा पार गर्‍यौँ, तर मेरो काकालाई भने प्रवेशाज्ञा मिलेको छैन । हामी उहाँहरूको पर्खाइमा इजिप्टको सीमानामा खुला आकाशमा दिन रात बिताइरहेका छौँ । हामी विदेशमा केही गर्न जान्दैनौ । काकाहरूविना हाम्रो अघिको यात्रा असम्भव छ । तर इजिप्टको वाणिज्य दूतावासले उहाँहरूलाई प्रवेश आज्ञा दिएको छैन ।

दुई हप्ताको प्रतिक्षापछि अन्ततः कायरो पुगेका अरू केही सुडानी नागरिकहरूले वादी हल्फामा फसेका कारण युद्धका समय फाइदा लुट्ने मुनाफाखोरहरूको व्यवहारको शिकार बनेको बताए । उनीहरूले सबै कुराको अत्यधिक मूल्य निर्धारण गरिएको बताए ।

आफ्ना अरू साथी वादी हल्फाबाट ६५० किलोमिटर (४०० माइल) टाढा रेड सीको सुडानी बन्दरगाह शहरमा रहेको उनीहरू बताउँछन् । त्यहाँ पनि उनीहरूलाई राहतको प्रत्याभूति छैन । तर पर्खिनुको विकल्प छैन । युसुफ अल–बशीरले आफू र अन्य सयौं व्यक्तिहरूले आफ्नो आवेदन पेश गर्न ‘पाँच दिनदेखि’ पर्खिरहेको बताए ।

सुडानबाट अन्य देशको सीमा क्षेत्रमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । भाग्न नसकेकाहरूमध्ये धेरैजना आधारभूत सामग्रीबिना नै आफ्नो घरमा बसिरहेका छन् ।

इजिप्टको सीमा पार गरेर आउनेहरूका लागि इजिप्टियाली रेड क्रिसेन्टले बिरामीहरूको हेरचाह गर्नुका साथै पानी र बिस्कुटहरू वितरण गर्छ । सुडानी शरणार्थीलाई शरण दिइरहेका अन्य छिमेकी मुलुकहरूको तुलनामा इजिप्टमा मानवीय कार्यहरू सीमित छन् ।

कायरोले शरणार्थी शिविर स्थापना गर्न अस्वीकार गरेको छ र यसको सट्टा नयाँ आउनेहरूलाई काम गर्ने र स्वतन्त्र रूपमा हिँडडुल गर्ने अधिकार दिइएको बताएको छ । राष्ट्रपति अब्देल फतह अल–सिसीले आफ्नो देशले ’युद्ध शरणार्थीलाई होइन’ तर ‘पाहुना’लाई स्वागत गरिरहेको बताउँदै आउनुभएको छ ।

इजिप्टको दक्षिणमा प्रवेश गर्ने सुडानीहरूले सीमाबाट करिब २०० किलोमिटर उत्तरमा रहेको सबैभन्दा नजिकको प्रमुख शहर असवानमा लैजान बसको टिकट किन्नुपर्छ । तिनीहरूलाई त्यहाँ स्वयंसेवकहरूले स्वागत गर्छन् जसले तातो खाना खुवाउँछन् । खतरनाक मरुभूमियात्रामा निस्केपछि सुडानी शरणार्थीहरूका लागि तातो खाना पहिलो पटक मिल्ने गरेको उनीहरू बताउँछन् ।

“हामी दिनमा तीन पटक खाना खुवाउँछौं । बिहानको खानामा चिकेन, पास्ता र सिमी हुन्छ,” करिब ६० स्वयंसेवकमध्येका एक मन्सुर जोमाले भन्नुभयो ।

उहाँले थप्नुभयो,“हामी एक दर्जन घरमा खाना पनि पुर्‍याउँछौं । कहिलेकाहीं एउटा आठ परिवारको समूह एकै ठाउँमा जम्मा हुन्छ । उनीहरूले त्यहीँ खान्छन् ।”

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धअघि ४० लाखभन्दा बढी सुडानी इजिप्टमा बसोबास गर्दै आएका थिए । छिमेकी देशहरूले अरबी भाषा, सांस्कृतिक सम्बन्ध र फारोनिक युगको काल्पनिक इतिहासको महशुस गर्छन् ।

वादी हल्फा छोडेर उत्तरतर्फ लागेका शरणार्थी वालिद अहमदले इजिप्ट ‘स्पष्ट’ गन्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो दोस्रो देश हो ।”

इजिप्टस्थित आईओएम मिसनका प्रमुख कार्लोस क्रुजले भने, “इजिप्ट प्रवेश गर्न पर्खिरहेका हरूको सङ्ख्या बढ्दो छ ।”

विशेषगरी मधुमेह र अन्य दीर्घरोगका लागि पानी, खाना, सरसफाइ किट र औषधि उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय निकायलाई एक करोड ९९ लाख अमेरिकी डलर आवश्यक पर्ने उहाँले एएफपीलाई बताउनुभयो ।

“दीर्घकालमा शिक्षा र जीविकोपार्जनलगायत अन्य आवश्यकता पनि हुने र यसका लागी व्यापक मानवीय सहयोगको लागि बजेटको आवश्यकता देखिन्छ,” क्रुजले भन्नुभयो । रासस/एएफपी

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...