फिलिपिन्समा रेडियो पत्रकारको हत्या

Published on

काठमाडौं । फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज (बुधबार) हत्या भएको हो ।

मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान सहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई  उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन् ।

आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक जनाको मृत्यु भएको छ । बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन् । उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताएका छन् ।

गत जुनमा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि मारिने बुन्डुक्विन तेस्रो पत्रकार हुन् । केही महिनाअघि रेडियो प्रसारक पर्सिभल माबासालाई मनिलास्थित उनको स्टुडियोतर्फ गइरहेका बेला गोली हानी मारिएको थियो । रासस/एएफपी

ताजा समाचार

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...

गाउँमै मौलिकता झल्कने सङ्ग्रहालय

काठमाण्डौँ । नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको...

स्थानीय तहलाई गिटी र बालुवाको ठेक्का लगाउन सकस

काठमाण्डौँ । सिन्धुलीका स्थानीय तहले ढुङ्गा, गिटी र बालुवाको ठेक्का लगाउन सकेका छैनन् ।...

नेपाल एयरलाइन्समा देखिएका समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्छौ : मन्त्री पाण्डे

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको...