म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

Published on

काठमाडौं । म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज (शुक्रबार) प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

म्यान्मा सरकारले चक्रवात मोचाबाट प्रभावित भएकाहरूका निम्ति जारी राखेको सहायता कार्यक्रममा थप सहयोग गर्न मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गरिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चक्रवात मोचाबाट म्यान्माको रखाइन राज्यमा सयौँले ज्यान गुमाएका छन् भने भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ । सहायता रकम कम्बोडियाका लागि म्यान्माका राजदूतलाई विदेश मन्त्रालयमा हस्तान्तरण गरिएको हो । चक्रवाताका कारण म्यान्मामा भएको जनधनको क्षतिप्रति कम्बोडियाले गहिरो दुःख व्यक्त गरेको छ । राससरसिन्ह्वा

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...