मुक्तिनाथ दर्शन : भारतीय भक्तजनको घुइँचो

Published on

काठमाडौं । मुस्ताङको जिल्लाको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चढाइएको भेटी भारतीय रुपियाँ नै धेरै भेटिएको छ। पछिल्लो पाँच महिनाको अवधिमा भक्तजनले दानपेटीकामा चढाएको भेटीमध्ये १० लाख ४५ हजार रुपियाँ पाइएको छ। 

मुक्तिनाथ विकास समितिका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी अनुप केसीले मुक्तिनाथ मन्दिर परिसरमा रहेको दानपेटीकामा जम्मा भएको रकम गणना गर्ने क्रममा भारतीय मुद्रा पाइएको बताउनुभयो। मन्दिर परिसरमा रहेका पाँच वटा दानपेटीकामा कुल २७ लाख ८५ हजार नेपाली रुपियाँ भेटी सङ्कलन भएको हो। मुक्तिनाथ मन्दिरका सदस्यसचिव सरस्वती थापाले दानपेटीका खोलेर गणना गर्दा मन्दिरमा ११ लाख १२ हजार ८७५ नेपाली, १० लाख ४५ हजार २३५ भारतीय रुपियाँ पाइएको जानकारी दिनुभयो। उहाँले ६८ अमेरिकन डलर, २० क्यानेडियन डलर, दुई सिङ्गापुर डलर, ७१ मलेसियन रिङ्गेट, १० भुटानी, एक हजार कोरियन वन, कतार रियल एक, हङकङ डलर ३० र युएईको मुद्रा दुई सय सङ्कलन भएको बताउनुभयो। 

मन्दिर परिसरमा भक्तजनले स्वेच्छिक चन्दा दान गर्न मुक्तिनाथ विकास समितिले दानपेटीकामा हाल्ने व्यवस्था गरेको छ। स्वेच्छिक दानका लागि पाँच वटा दानपेटिका राखिएको मुक्तिनाथ विकास समितिका कार्यालय सचिव रविन सुवेदीले जानकारी दिनुभयो। 

ताजा समाचार

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै...

युवालाई स्वदेशमै व्यवस्थापन गर्ने प्रयास भएको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु रोजगारीको खोजीमा ठुलो संख्यामा बाहिर गइरहेको...

भाटभटेनीको समान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा...

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...