गुरुङको अध्यक्षतामा रिकोन गठन

Published on

काठमाडौं । नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ । शुक्रवार रिकोनको सम्पन्न ७औँ साधारण सभाबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

सर्वसम्मतिबाट चुनिएको नयाँ कार्यसमितिका उपाध्यक्षमा केशवराज खनाल, महासचिवमा ऋषवराज आचार्य, कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली र सचिवमा तेजनारायण ठाकुर हुनुहुन्छ । त्यसै गरी कार्यसमिति सदस्यहरूमा यबबहादुर मगर, हरिनारायण गौतम, अर्चना सिंह र प्रकाश लामिछाने रहनु भएको रिकोनले जनाएको छ । करिव दुई दशकदेखि वैकल्पिक ऊर्जा क्षेत्रमा क्रियाशील गुरुङ वीण्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत र गण्डकी ऊर्जा प्रालिका सञ्चालक हुनुहुन्छ । कार्यक्रममा निवर्तमान अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जाको क्षेत्र फराकिलो भएको उल्लेख गर्दै यसका लागि स्वार्थलाई त्यागेर खट्न र जुट्न पर्ने आवश्यकता रहेका औँल्याउनु भयो । रिकोन नेपालमा कार्यरत नवीकरणीय ऊर्जा क्षेत्रका सम्पूर्ण छाता सङ्गठनहरूको प्रतिनिधिमूलक संस्था हो । 

परिसंघका नेपाल लघु जलविद्युत विकास संस्था, नेपाल सौर्य विद्युत् उत्पादक संस्था, नेपाल सौर्य तापीय सङ्घ, नेपाल बायो ग्यास प्रवर्द्धन सङ्घ, नेपाल ग्रामीण प्रविधि उत्पादक सङ्घ, जैविक ऊर्जा उत्पादक सङ्घ, नेपाल लघु जलविद्युत उपभोक्ता सङ्घ, बायो ग्यास सेक्टर साझेदारी नेपाल, स्रोत व्यवस्थापन तथा ग्रामीण रोजगारी केन्द्र साथै सयौँ नवीकरणीय ऊर्जा प्रविधि विज्ञ व्यक्तित्वहरू र व्यवसायीहरू सदस्यको रूपमा आबद्ध रहेका छन् । परिसंघमा ५०० भन्दा बढी फर्म तथा कम्पनीहरू पनि सदस्य रहेको जनाइएको छ ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...