आणविक सुरक्षा बारे रुसमा छलफल

Published on

काठमाडौं । रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ ।

छलफलका क्रममा दुवै प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा ग्रोसीले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्नुभएको  छ ।

लिखाचेभले जोड  दिँदै भन्नुभयो, आईएईए सचिवालयले केन्द्र वरपरको इलाकामा युक्रेनी सशस्त्र बलहरूले आक्रमण रोक्नका लागि विशेष कदम चालेको आभास भएको छ ।

उहाँले ग्रोसीलाई आणविक केन्द्रको सुरक्षित सञ्चालन सुनिश्चित गर्नका लागि हाल रुसी पक्षले चालेका विशेष उपायहरूको बारेमा जानकारी गराउनुभएको थियो । विशेष गरी पानी आपूर्ति ‘युक्रेनी सशस्त्र सेनाले काखोभका हाइड्रोइलेक्ट्रिक पावर प्लान्टको बाँध नष्ट गरेपछि,’ उत्पन्न सङ्कट लगायतका विषयमा छलफल भएको  रोसाटोमले बताउनुभएको छ ।

वार्तामा दुवै पक्षले जुन १५ मा ग्रोसीको प्लान्टको भ्रमणको नतिजाबारे पनि थप छलफल गर्नु भएको छ । आफ्नो भ्रमणको क्रममा ग्रोसीले प्लान्टले सुरक्षित रूपमा सञ्चालन गर्न सक्छ कि सक्दैन भन्ने विषय व्यावहारिक रूपमा प्रमाणित गर्न सक्षम भएको पनि छलफल गरिएको छ । रासस/सिन्ह्वा

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...