विपद्को पूर्व आङ्कलन तथा व्यवस्थापनका लागि चनाखो हुन निर्देशन

Published on

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरूलाई विपद्को पूर्व आङ्कलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृतरुपमा समन्वय गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री खड्काको अध्यक्षतामा बुधबार रक्षा मन्त्रालयमा विपद् व्यवस्थापनलगायतका विषयमा भएको छलफलमा सो निर्देशन दिनुभएको हो । छलफलमा रक्षा मन्त्रीसमक्ष सम्बन्धित अधिकारीहरूले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्धलगायतका विषयमा जानकारी गराउनु भयो ।

छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोलगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध भएका राजमार्ग तत्काल सुचारु हुने व्यवस्था मिलाउनका साथै विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो । साथै उहाँले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्धार तथा राहातलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभयो । पीडितलाई राहत वितरणका सम्बन्धमा कुनै कानुनी बाधा अड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभयो ।

छलफलमा उपप्रधानमन्त्री तथा गृह मन्त्री, मुख्य सचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुख र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीसमेतको उपस्थिति रहेको जानकारी मन्त्री खड्काको सचिवालयले दिएको छ।

spot_img

ताजा समाचार

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३९९ पुग्यो, ५ हजार १७९ अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत...

शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो

सरकारले धितोपत्र बजारमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम...

राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक,...