चीनको जिलिनमा भीषण वर्षा : एकको मृत्यु, चार बेपत्ता

Published on

काठमाडौं । चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान सहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् ।

बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब एक लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार तीन सयभन्दा बढी विस्थापित भएका छन् ।

शुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको छ । दिउँसो ३ बजेसम्म शुक्रबार औसत वर्षा १११.७ मिलिमिटर पुगेको थियो । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...