पन्ध्र वर्षको निर्वासनपछि थाक्सिन सिनावात्रा स्वदेश फिर्ता

Published on

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्कनुभएको छ । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उहाँ स्वदेश फर्कनुभएको हो । आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा जानुभएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो । निर्वाचित नेता उहाँलाई राजपरिवारले पनि तिरस्कार गरेपछि देशबाहिर जानुपरेको थियो । उहाँविरुद्ध दश वटा आपराधिक मुद्दा लगाइएका छन् ।

दुबईबाट सिङ्गापुर हुँदै निजी जेटमा स्थानीय समय अनुसार मङ्गलबार बिहान ९ बजे राजधानी ब्याङ्ककमा अवतरण गर्नुभएका उहाँको सयौँ समर्थकले जयकारका साथ स्वागत गरेका थिए । नेता सिनावात्राको दलको गढ मानिएको उत्तरपूर्वको सुरिन प्रान्तबाट रातभर यात्रा गरेर समर्थक विमानस्थलमा पुगेका थिए । आफ्ना दुई छोरी र छोराको साथमा उहाँ विमानस्थलको टर्मिनलबाट छोटो समयका लागि निस्कनुभयो र राजा र रानीको तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसपछि उहाँलाई सर्वोच्च अदालत लगिएको थियो । उहाँलाई लामो समयसम्म हिरासतमा नराखिने अपेक्षा गरिएको छ । नेता थाक्सिनको पार्टी फेउ थाई गठबन्धन सरकारमा आजै सहभागी हुने अपेक्षा पनि गरिएको छ ।

हालैको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको कट्टरपन्थी युवा मुभ फर्वार्ड पार्टी नेतृत्वले फेउ थाईसँग सत्ता साझेदारीका निम्ति समझदारी गरेको छ । गठबन्धनमा अन्य दल पनि सहभागी हुने बताइएको छ । रासस/एएफपी

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...