तुइनमा अड्किएका सबैको उद्धार

Published on

काठमाडौं । पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुइनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ ।

पाकिस्तानी सेनाका कमाण्डोले कठोर परिश्रम एवम् सैन्यकौशल प्रदर्शन गर्दै हेलिकोप्टर प्रयोग गरेर समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा अड्किएको तुइनबाट उनीहरूको उद्धार गरेका हुन् ।

एउटा डोरीमा अड्किएको तुइनको नजिक हेलिकोप्टर उडाउँदा त्यसका पखेँटाले डोरी काटिने जोखिमलाई दृष्टिगत गरी चालक दल र कमाण्डोले उद्धार कौशल प्रदर्शन गरेका थिए ।

सेनाले अति जोखिमपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेकामा कामचलाउ सरकारका प्रधानमन्त्री अन्वर उल अक ककारले सैनिक अधिकृतहरुप्रति बधाई ज्ञापन गर्नुभएको छ ।

“सामूहिक कार्यभावनाबाट प्रेरित भएर उद्धारमा संलग्न सेना, स्थानीय प्रशासन, उद्धार समन्वय विभाग र जनसाधारणलाई धन्यवाद !” सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेख्नुभएको छ ।

तुइनको एउटा डोरी चुँडिएर अर्को डोरीको भरमा आकाशमा नै आठ जना अड्किएका खबर स्थानीय सञ्चारमाध्यमले बिहान सात बजेदेखि प्रकाशन–प्रसारण गरेपछि घर, पसल, चमेनागृह, मल, कार्यालय सबैतिर उनीहरूको उद्धार कहिले र कसरी हुन्छ भन्ने जिज्ञासाका साथ देशभरका पाकिस्तानी टेलिभिजन अगाडि आँखा झिमिक्क नगरी झुम्मिएका थिए ।

सारा पाकिस्तानीले तुइनमा अड्किएका सबैको सकुशल उद्धारको कामना गर्दै ईश्वरको प्रार्थना गरेका थिए । उद्धारस्थलमा एकत्र भएका जनसाधारण र पीडितका परिवारजनले सैनिक अधिकृतहरूप्रति आभार व्यक्त अङ्कमाल गरेका थिए । खुशीले गद्गद् भएका उनीहरूका आँखाबाट अविरल आँसु बगिरहेको थियो । उद्धार गरिएका सबैको स्वास्थ्य परीक्षण गरी प्राथमिक उपचारपछि उनीहरूलाई घर पठाइएको थियो । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...