इटालीमा ४० डिग्री सेल्सियस तापक्रम पुग्ने चेतावनी

Published on

काठमाडौं । इटालीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ । उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो ।

इटालीमा दुई वर्ष यता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ । गत जुलाइमा २७ शहरमध्ये २० वटा शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको थियो । आजसम्म बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, रोम र टुरिनमा अत्यधिक गर्मी हुने बताइएको छ । साथै सोमबारसम्म एक दर्जन बढी शहरलाई रेड अलर्टमा राखिएको थियो ।

देशका मध्य र दक्षिणी भागका शहरको तापक्रम आगामी दिनमा ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जुन महिना यता यो तेस्रो पटक यति धेरै तापक्रम बढेको हो । इटलीको मुख्य कृषि युनियन कोल्डिरेट्टीले सोमबार यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको थियो ।

सन् २०२२ मा भने योभन्दा धेरै गर्मीको लहरहरु चलेको थियो । तर यस वर्षका गर्मीका लहरहरु छोटो समयका लागि मात्रै छन् । गत जुलाइ महिनामा इटलीमा इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो । सिन्ह्वा

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...