सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो

Published on

काठमाडौं । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्‍यो । कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकअन्तर्गत रहेको श्रीदल गुल्मको संयोजनमा सम्पन्न पृतनापति प्रतियोगितामा बक्सिङतर्फ गोरखबक्स गण अछाम द्वितीय र भैरवप्रसाद गण डोटी तृतीय भए ।

द्वितीय भएको गोरखबक्स गणले पाँच स्वर्ण, चार रजत तथा तृतीय हुने भैरवप्रसाद गणले दुई स्वर्ण र एक कास्य हात पारेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ । देवीदल गणका लागि सिपाही दीपेन्द्रबहादुर जोशी, कुमार श्रेष्ठ, प्युठ सुधा कसेरा, सिपाही रमिता महता, धना बडाल, पावर्ती थापा र पूजा खड्काले स्वण पदक दिलाउनुभयो भने दोस्रो स्थान ओगटेको गोरखबक्सका लागि सिपाही नेत्रबहादुर मास्के मगर, प्युठ अशोक शाही, सिपाही प्रकाश श्रेष्ठ, प्युठ वसन्त बिसी र विश्वास श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ ।

त्यसैगरी तृतीय भएको भैरवप्रसाद गणका लागि प्युठ विजय महर्जन र सिपाही सविता चौधरीले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । वीरभद्रजङ्ग गुल्मका लागि हिमाल खड्काले स्वर्ण पदक दिलाउनुभयो । प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायकरथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापालगायतले ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो । ट्रफीअन्तर्गत श्री नं ५ र २५ बाहिनीअन्तर्गत विभिन्न गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ, बास्केटबललगायत खेल सञ्चालन भएका थिए ।

नेपाली सेनाले खेलाडीमा सामूहिकताको भावना ल्याउनुको साथै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोटस फोर फ्रेन्डसिप कुरालाई मनन गर्दै ट्रफी आयोजना गर्दै आएको छ । सुदूरपश्चिमबाट पृतनास्तरीय प्रतियोगिताबाट छनोट भएका विभिन्न खेलका खेलाडी प्रधानसेनापति ट्रफी प्रतियोगितामा भाग लिने नेपाली सेनाले जनाएको छ । रासस

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...