पक्की पुल निर्माणपछि स्थानीय खुसी

Published on

काठमाडौं । झिमरुक नदीको किटघाटमा पक्की पुल निर्माण भएपछि स्थानीयहरू खुशी भएका छन्। झिमरुक गाउँपालिकाको वडा नं. ६ र ७ लाई जोड्ने कुटिचौर–कुता–तुषारा सडक खण्डअन्तर्गत झिमरुक नदीमा पक्की पुल निर्माण सम्पन्न भएपछि यातायात सञ्चालनमा सहजता आएको छ।

“वर्षौँदेखि स्थानीयको चाहना पूरा भएको छ,” स्थानीय इन्द्रमणी पोख्रेलले बताउनुभयो। “अब गाउँमा बाह्रै महिना यातायात चल्नेछ।” पुल नहुँदा झिमरुक नदी तरेर सवारी साधन वारपार गर्नुपर्ने बाध्यता थियो। यो पुलले हिड्डाँडा, तुषारा, दिहाल्ना, खवाङ, पुँजा, लिवाङ, र रजवारा क्षेत्रका नागरिकलाई सहज यात्रा सुविधा दिनेछ।

लुम्बिनी प्रदेशअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय प्युठान मार्फत पुल निर्माण सम्पन्न भएको हो। पुल निर्माणमा ४ करोड ८७ लाख ६३ हजार ४४८ रुपैयाँ लागत भएको थियो। कुल ४६.८५ मिटर लम्बाईको पुल निर्माण कम्पनी आँसु निर्माण सेवा, प्युठान ले बनाएको हो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...