नेशनल प्याब्सन काठमाडौंको अध्यक्षमा अमृत खड्काको उम्मेदवारी

Published on

काठमाडौँ – नेशनल प्याब्सन काठमाडौँ जिल्ला सचिव रहेका अमृत खड्काले आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । नेशनल प्याब्सनका तर्फबाट निजी विद्यालयहरुका आवाज निरन्तर उठान गरी साङ्गठानिक चुनौतीको सामना गर्दै आफूले सङ्गठनका कर्मठ सिपाहीको हैसियतमा विगत १५ वर्ष देखि अनवरत रुपमा काठमाडौं जिल्लाको कार्यसमितिमा रही साङ्गठानिक भूमिका कुशलतापूर्वक निर्वाह गरिरहनु भएका खड्काले हाल निरन्तरता र क्रियासिलताको हिसाबमा सबै सदस्य विद्यालयको मर्म र भावना अनुरुप काम गर्न आफूले आगामी कार्यकालको लागि अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न आफूले उम्मेदवारी दिन लागेको बताउनु भयो ।

केन्द्र, प्रदेश, जिल्लाका अग्रजहरुसँग समन्वय गर्दैे सल्लाह सुझाव अनुसार सङ्गठनलाई थप उचाइमा पुर्‍याउनको लागि स्थानीय समितिहरुको प्रभावकारी भूमिकालाई स्थापित गरी स्थानीय पालिका र नगरसमितिसँगको साझेदारी कार्यक्रम सञ्चालन गर्दै सदस्य विद्यालयलाई सबल र सक्षमता पूर्वक सामूहिक अपनत्व हुने गरी निजी क्षेत्रको लगानीलाई सञ्चालक र विद्यालयमैत्री बनाई लगानी सुरक्षा र संवर्धन कार्यमा जस्तोसुकै मुल्य चुकाएर भए पनि नतिजामुखी काम गर्नु पर्ने यो वेला आफूले नेतृत्व गर्नु पर्ने आवश्यक रहेको बताउनु भयो ।

लामो समय जिल्ला समितिमा रहेर काम गर्दै गर्दा हाल सचिवकै रुपमा २ कार्यकाल जिम्मेवारी निर्वाह गरिसकेको ,मौजुदा समितिमा कार्यअवधि र साङ्गठानिक निरन्तरता सँगै जिम्मेवारीका हिसाबले मर्यादाक्रममा पनि आफुँ अगाडि रहेकोले नेतृत्वकोे लागि अघि बढ्नु भएको कुरा बुझिएको छ ।

उपहार खबरसँग कुराकानी गर्दै अध्यक्ष पदका उम्मेदवार खड्काले वर्तमान सचिव पद आफूले सफलता पूर्वक जिम्मेवारी निर्वाह गरेको र अब आफ्नो उम्मेदवारी अध्यक्षका लागि हुने बताउने खड्काले नेशनल प्याबसनलाई सेवामूलक र व्यवसायिक संस्थाका रुपमा विकास गर्न, निजी विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ताको हक, हित, संरक्षण र संवर्द्धन गर्नुका साथै उनीहरुको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूति दिलाउन आफू लागि पर्ने बताउनु भयो ।

नेशनल प्याब्सनको गरिमा र साङ्गठानिक कार्यलाई थप सुदृढ र एकताबद्ध ढङ्गले अघि बढाउन, सदस्य विद्यालयलाइ थप मजवुद बनाउन, लामो समयदेखि सङ्गठनमा आफ्नो जीवन समर्पण गर्नु भएका खड्काले स्कुल स्कुलमा नेशनल प्याब्सन कार्यक्रम, सदस्य विद्यालय सुरक्षा एवं सुधार कार्यक्रम, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको शैक्षिक तालिम, विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि, शिक्षक तालिम, अभिभावक शिक्षा कार्यक्रम, प्रविधि मैत्री नेशनल प्याब्सन जस्ता रचनात्मक कार्य गरी सङ्गठनलाई थप दर्विलो र ऐतिहाँसिक बनाउन, शिक्षा क्षेत्रमा निजी विद्यालयको लगानी र योगदानलाई राष्ट्रिय रुपमा स्थापित गराउने जस्ता महत्वपूर्ण कार्र्ययोजना पुरा गर्न आफ्नो नेतृत्व आवश्यक भएकोले सचिव खड्काले यहि भाद्र २७ गते हुने नेशनल प्याब्सनको आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नु भएको कुरा हामीसँगको कुराकानीमा बताउनु भएको हो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...