चीनमा बाँस सङ्ग्रहालय सञ्चालनमा

Published on

काठमाडौं । उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा बाँसका पर्चाहरुको सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ । यी पर्चाहरु अनुसन्धानका क्रममा भेटिएपछि पहिलो पटक सर्वसाधारणका लागि खुला गर्ने भएको हो । करिब दुई हजार वर्ष पुरानो हान राजवंशको बेलाका बाँसमा कुँदिएका सामग्रीहरु फेला परेपछि पहिलो पटक बाँसको सङ्ग्रहालय खोलेर ती पर्चाहरु प्रदर्शनमा ल्याउन लागिएको हो । बाँस चीनमा पहिलो पुस्तकको रुपमा चिनिन्छ । चीनमा बाँसमा नै कागजको उत्पत्तिअघि लेखन सामग्रीका रुपमा प्रयोग हुने गर्दथ्यो । बाँसका पुराना पर्चाहरुमा सो बेलामा भएको कुराकानीहरु, साहित्यहरु लेखिएको छ ।

सङ्ग्रहालय शनिबार मात्रै सर्वसाधारणका लागि खुला गरिने बताइएको छ । हेक्सी करिडोरको छेउमा अवस्थित उत्तरपश्चित चीनको प्राचीन सिल्क रोडको एक भागका बारेमा बाँसका पर्चाहरुमा लेखिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...