मोरक्कोमा भूकम्पबाट २ हजार बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक मनाउने

Published on

काठमाडों । मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् । मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शनिवार तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । मोरक्कोमा शुक्रवार राति ११ बजेर ११ मिनेटमा ६।८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८।५ किलोमिटरको गहिराइमा भूकम्प केन्द्रबिन्दु बनाएर गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठुलो सहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिण पश्चिम रहेको अल हाउस प्रान्तको इघिल सहर नजिक छ । भूकम्पमा परी मृत्यु हुनेमा धेरैजसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो । तौराडान्ट र माराकेस सहरहरूमा धेरै घरहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ । अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबिया लगायतका देशले पनि सहयोग गरेका छन् । सिन्ह्वा

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...