उत्तर कोरियाली नेता किम जोङ उन किन पुगे रुसमा ?

Published on

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ । नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नावोस्तीले सार्वजनिक गरेको छ । गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेललाई रुसी रेलवे पटरीमा तानेको तस्बिरमा देखिन्छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने सोमबार नै नेता किमको चढेको रेल रुसी भूमिमा प्रवेश गरेको विश्वास आफूलाई भएको बताएको थियो । रुसी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली नेता किमले यसै साताको अन्त्यमा आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएका छन् । चार वर्षपछि उहाँले गरेको पहिलो विदेश विदेश भ्रमण हो ।

रातभर यात्रा गरेर नेता किम भ्लादिभोस्तोक पुग्न लाग्नुभएको छ । सशस्त्र फौजका साथ उहाँ यात्रामा हुनुहुन्छ । उहाँका साथ वरिष्ठ सैनिक अधिकारी पनि छन् । द्विपक्षीय सैन्य सम्बन्ध तथा हातहतियार आपूर्तिका सम्बन्धमा छलफल गर्न उनीहरूलाई पनि भ्रमण दलमा समावेश गरिएको बताइएको छ । राष्ट्रपति पुटिन हाल वार्षिक आर्थिक मञ्चमा भाग लिने सिलसिलामा भ्लादिभोस्तोकमा हुनुहुन्छ । प्रतिरक्षा विश्लेषकहरूका अनुसार मस्कोले उत्तर कोरियाबाट हातहतियार र एन्टिट्याङ्क मिसाइलहरू लिएर रुसबाट उपग्रह र आणविक शक्तिबाट सञ्चालन ह्न पनडुब्बी प्रविधि चाहेको छ । यद्यपि क्रेमलिनले वैश्विक एवम् क्षेत्रीय मामिलामा दुई देशका नेताले वार्ता गर्ने बताएको छ । पश्चिमा प्रतिबन्धबाट पिरोलिएको प्योङयाङले मस्कोसँग खाद्यान्नलगायत अन्य मानवीय सहायताका निम्ति अनुरोध गर्ने बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सञ्चारमाध्यमलाई दुई नेताले ‘संवेदनशील’ विषयमा छलफल गर्ने बताउनुभएको छ । “छिमेकीका रूपमा यो स्पष्ट छ हाम्रा देशबिच संवेदनशील क्षेत्रमा सहयोग हुन्छ जुन सार्वजनिक खुपतको विषय हुनु हुँदैन । छिमेकी देशका लागि सामान्य हो,” उहाँले भन्नुभएको छ ।

दुवै नेताबिचको वार्तामा अमेरिकी चेतावनीको बेवास्ता हुने प्रवक्ता पेस्कोभले पत्रकारहरूलाई बताए । “उत्तर कोरियालगायत हाम्रा छिमेकीसँग हामीले विकास गर्ने सम्बन्धसँग वासिङ्टनको चेतावनीको कुनै अर्थ छैन दुई देशको हितमा त्यो केन्द्रित हुनेछ,” वासिङ्टनले युक्रेन द्वन्द्वका लागि उत्तर कोरियाले मस्कोलाई हतियार उपलब्ध गराएमा प्योङयाङले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी चेतावनीबारेको जिज्ञासाको जवाफमा उहाँले स्पष्ट पार्नुभयो । रासस/एएफपी

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...