रेसुङ्गामा जहाज पुग्न तीन महिना लाग्यो

Published on

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रवार जहाज आएको छ । पटक पटक मौसम खराबीको कारण भन्दै उडान स्थगित गरेको नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको तीन महिनापछि शुक्रवार उडान भरेको छ । काठमाडौँबाट गुल्मीका लागि ११ जना र गुल्मीबाट काठमाडौँका लागि तीन जना यात्रु रहेका थिए । आज शुक्रवार मौसम सफा रहेको र यात्रु न्यून रहँदा पनि उडान भरेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

मौसम खराबीका कारण भन्दै असार पहिलो हप्ताबाट उडान नभरेको विमानले मौसम सफा रहेमा नियमित उडान भर्ने थापाले बताउनुभयो । नेपाल एयरलाइन्सको विमानले प्रत्येक हप्ताको शुक्रवार बिहान साढे छ बजे काडमाडौंबाट र रेसुङ्गाबाट काठमाडौँका लागि ७ः४० मा उडान भर्ने गरी समय निर्धारण गरेको छ । काठमाडौँबाट रेसुङ्गाका लागि ६ हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि ६ हजार तीन सय भाडा निर्धारण गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...