एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

Published on

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयमा छापा मारेको हो।

सीआईबीका अनुसार अनुसन्धानका लागि आवश्यक पर्ने विभिन्न कागजात कार्यालयबाट नियन्त्रणमा लिइएको छ। एन्फामा आर्थिक अनियमिततासहितका विषयमा उजुरी परेको र सोही उजुरीका आधारमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

एन्फासँग सम्बन्धित आर्थिक कारोबार तथा अन्य विषयमा परेको उजुरीमाथि अनुसन्धान अघि बढाउने क्रममा कार्यालयमा छापा मारिएको सीआईबीको भनाइ छ। अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका कागजात तथा विवरणको अध्ययनपछि थप प्रक्रिया अघि बढाइने जनाइएको छ।

यसैबीच, अखिल नेपाल फुटबल सङ्घ अहिले निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफाले) नेपाललाई निलम्बनमा राखेको हो।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...