एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

Published on

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयमा छापा मारेको हो।

सीआईबीका अनुसार अनुसन्धानका लागि आवश्यक पर्ने विभिन्न कागजात कार्यालयबाट नियन्त्रणमा लिइएको छ। एन्फामा आर्थिक अनियमिततासहितका विषयमा उजुरी परेको र सोही उजुरीका आधारमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

एन्फासँग सम्बन्धित आर्थिक कारोबार तथा अन्य विषयमा परेको उजुरीमाथि अनुसन्धान अघि बढाउने क्रममा कार्यालयमा छापा मारिएको सीआईबीको भनाइ छ। अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका कागजात तथा विवरणको अध्ययनपछि थप प्रक्रिया अघि बढाइने जनाइएको छ।

यसैबीच, अखिल नेपाल फुटबल सङ्घ अहिले निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफाले) नेपाललाई निलम्बनमा राखेको हो।

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...