कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

Published on

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत सामग्रीसहित जाजरकोट तर्फ प्रस्थान गर्नु भएको छ।

केन्द्रीय सदस्य एवं संघीय सांसद इन्जिनियर मोहन आचार्य नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्र  जाजरकोटमा राहत सामग्री वितरण गर्नुका साथै घरटहरा निर्माण गर्न स्थानीयलाई सघाउने छ।

नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी घर–टहरा बनाउन पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको थियो।

कांग्रेसले पहिलो चरणमा एक हजार अस्थायी घर–टहरा बनाउने छ। यसका लागि कांग्रेसका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गरिने कांग्रेसले जनाएको छ।

एउटा समूहमा १० जना रहने गरी काँग्रेसले २५ समूह बनाएको छ। प्रत्येक समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने व्यवस्था कांग्रेसले गरेको छ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...