पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

Published on

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित रुपमा स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले  बिहीबार घोषणा गरेको छ । बन्दीले स्वदेश फिर्ता तथा व्यवस्थापनको सहयोगका लागि आ-आफ्नो गृह प्रान्तमा जानु अघि सीमा नाकाम नै आवाश्यक सहायता प्राप्त गरीसकेको मन्त्रालयले जनाइएको छ । यस अघिको विज्ञप्तीमा, पाकिस्तानमा बन्दी बनाइएका करिब ४२६ जना अफगान कैदीलाई गत हप्ता आफ्नो मातृभूमिमा फिर्ता पठाइएको उल्लेख गरिएको  थियो ।

अफगानीस्तानमा व्याप्त द्वन्द्व र असुरक्षाका कारण अनुमानित ६० लाख अफगानी विदेशमा बस्ने गरेको जनाइएको छ । जस मध्ये अधिकाशं छिमेकी मुलुक इरान र पाकिस्तानमा रहेको उल्लेख छ । अफगान सरकारले पछिल्लो समयमा विदेशमा रहेका आफ्ना नागरिकलाई देशको पुनः र्निर्माणमा योगदान गर्न तुरुन्त स्वदेश फर्कन बारम्बार आग्रह गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

देउवा समूहको कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी तीव्र

काठमाडौँ –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको...

कांग्रेस पुरानो पार्टी हो तर फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ : शशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेस इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डा. शशांक कोइरालाले...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको...

आज पनि विभिन्न राजमार्ग सञ्चालनमा ल्याउन सकिने अवस्था छैनः प्रहरी

काठमाडौँ - लगातारको वर्षाका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित बनेको छ । वर्षाका...