अजरबैजान पठाइदिने भन्दै ३३ लाख रकम लिइ फरार कन्सलटेन्सी सञ्‍चालक पक्राउ

Published on

काठमाडौं । वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक कन्सलटेन्सीका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको मिराकल कन्सलटेन्सीका सञ्चालक २३ वर्षीय राम शरण शिवाकोटी रहेको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले शिवाकोटीलाई कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको जानकारी दिए।

उनले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै पीडित युनिसा आले मगरसहित केही व्यक्तिबाट ३३ लाख २ हजार रकम लिइ फरार भएका थिए। अजरबैजान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने,त्यहाँ २ लाख रुपैयाँ तलब हुने भनी विश्वास दिलाइ पीडितहरूबाट पटक(पटक गरी ३३ लाख २ हजार रुपैयाँ लिइ भारतको नयाँ दिल्लीमा लुकिछिपी बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनलाई कञ्चनपुरको गड्डा चौकीबाट नियन्त्रणमा लिएको हो। उनले फ्रान्स,स्पेन,युक्रेनजस्ता देशहरूमा पठाइदिने भन्दै व्यक्तिहरूसँग रकम लिएको खुल्न आएको छ।

spot_img

ताजा समाचार

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

काठमाडौं । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम...

हेटौँडाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१०...

आर्थिक गणनालाई सफल बनाउन सहकार्य आवश्यक

काठमाडौं । राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरक्रिया गोष्ठी तथा...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ...