सुदूरपश्चिमलाई हराउँदै आर्मी पीएम कपको फाइनल नजिक

Published on

काठमाडौं । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ। सोमबार किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी फाइनल नजिक पुगेको हो। आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम ४० दशमलव १ ओभर खेल्दा १६५ रनमा समेटियो। आर्मीका लागि तिव्र गतिका बलर जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट लिए।

त्यस्तै सोमपाल कामीले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८। दशमल ३ ओभर खेल्दा २६२ रनमा समेटियो। आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए। सुदुरका लागि भोजराज भट्टले ६ विकेट लिए। आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीले बिहीबार गण्डकीसँगको खेलमा जीत हासिल गरे फाइनल प्रवेश गर्नेछ। त्यस्तै सोमबार मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै क्लव नेपाल पुलिस क्लवले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। गण्डकीले दिएको १७१ रनको लक्ष्य पुलिस क्लवले २४।२ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेट्टायो। पुलिसका लागि ओपनर दिलिप नाथले ५७ रनको अर्धशतकीय पारी खेले।

गण्डकीका लागि सन्दिप रजाइलीले दुई तथा विपिन खत्री र कमल परियारले एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ३८।३ ओभरमा अलआउट हुँदै १७० रन बनायो। गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले। पुलिसका रसिद खानले सर्वाधिक पाँच विकेट लिएका थिए। त्यस्तै करण केसी र ललित नारायण राजवंशीले समान दुई(दुई विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए। जितसँगै पुलिस ७ खेलबाट १४ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...