सुदूरपश्चिमलाई हराउँदै आर्मी पीएम कपको फाइनल नजिक

Published on

काठमाडौं । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ। सोमबार किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी फाइनल नजिक पुगेको हो। आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम ४० दशमलव १ ओभर खेल्दा १६५ रनमा समेटियो। आर्मीका लागि तिव्र गतिका बलर जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट लिए।

त्यस्तै सोमपाल कामीले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८। दशमल ३ ओभर खेल्दा २६२ रनमा समेटियो। आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए। सुदुरका लागि भोजराज भट्टले ६ विकेट लिए। आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीले बिहीबार गण्डकीसँगको खेलमा जीत हासिल गरे फाइनल प्रवेश गर्नेछ। त्यस्तै सोमबार मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै क्लव नेपाल पुलिस क्लवले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। गण्डकीले दिएको १७१ रनको लक्ष्य पुलिस क्लवले २४।२ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेट्टायो। पुलिसका लागि ओपनर दिलिप नाथले ५७ रनको अर्धशतकीय पारी खेले।

गण्डकीका लागि सन्दिप रजाइलीले दुई तथा विपिन खत्री र कमल परियारले एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ३८।३ ओभरमा अलआउट हुँदै १७० रन बनायो। गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले। पुलिसका रसिद खानले सर्वाधिक पाँच विकेट लिएका थिए। त्यस्तै करण केसी र ललित नारायण राजवंशीले समान दुई(दुई विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए। जितसँगै पुलिस ७ खेलबाट १४ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...