सहिदलाई फूलमालामा मात्रै सीमित राख्नु हुँदैन : मुख्यमन्त्री शर्मा

Published on

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहिदलाई फूलमालामा मात्रै सीमित गर्न नहुने बताउनु भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित सहिदहरुलाई पुष्पगुच्छा अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले सहिदलाई फूलमालामा मात्रै सीमित गर्दा सहिदप्रतिको सच्चा सम्मान नहुने बताउनुभएको हो ।

सहिदहरुको बलिदानबाट नेपाली जनताले १०४ वर्षको एकात्मक राज्य व्यवस्था परिवर्तन भएको स्मरण गर्दै सहिदहरुको वलिदानबाट नेपाली जनता स्वतन्त्र भएको जिकिर गर्नुभयो । उहाँले आन्दोलनबाट प्राप्त भएको स्वतन्त्रताको धज्जी उडाउने गरेकाले यसका विरुद्ध सबै नागरिक चनाखो हुन आग्रह गर्नुभयो । केही लोभी पापीहरुले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नदिने, सुशासन र देशलाई समृद्ध लैजाने कार्य सञ्चालन गर्दा त्यसप्रति दुस्प्रचार गर्ने गरेकाले सबै एकताबद्ध हुनुपर्छ, भन्नुभयो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...