कर्णाली र लुम्बिनी प्रदेशका सञ्चारकर्मीलाई रक्षा सम्बन्धी अभिमुखीकरण

Published on

काठमाडौं । नेपाली सेनाले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका सञ्चारकर्मीहरुलाई संयुक्त रुपमा रक्षा संवाददाता सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्न सुरु गरिएको छ ।सञ्चारकर्मीहरुले रक्षा सम्बन्धी विषयवस्तु स्पष्ट रुपमा बुझ्न र त्यसलाई लेखन तथा वाचन कार्यमा उतार्नका लागि तीन दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको समन्वय र उत्तरपश्चिम पृतना मातहतका जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई रक्षा सम्वाददाता सम्बन्धी अभिमुखीकरण तालिम बाँकेको राझा एयरपोर्टको श्रीनम्बर चार बाहिनी अड्डामा आयोजना गरिएको छ ।

निर्देशनालयका प्रमुख सेनानी सागर कार्कीले सञ्चारकर्मीहरुलाई रक्षा सम्बन्धी गतिविधि जानकारी गराउनु अति आवश्यक रहेको कारण यो तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले कतिपय कुरामा सेना सम्बन्धी गतिविधिहरु स्पष्ट रुपमा नआउने भएको कारण सञ्चारकर्मीहरुलाई पहिले स्पष्ट गर्न आवश्यक देखिएको कारण तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमको पहिलो दिन नेपाली सेनाको परिचय, नेपाली सेना सम्बन्धी कानुन कार्यान्वयन प्राड विभागको भूमिका, नेपाली सेनाको तैनाथी सम्बन्धी जानकारी, नेपाली सेनाको संरचना, रक्षा सम्वादाताहरुलाई सम्वादाता अभिमुखीकरण तालिमको महत्व, जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका सम्बन्धी जानकारी गरिएको थियो ।

तालिममा पृतना अन्र्तगत पर्ने कर्णाली प्रदेशका आठ वटा जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, हुम्ला, मुगु, कालिकोट, डोल्पा र लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका १९ जना सञ्चारकर्मीहरुको सहभागीता छ । तालिम माघ १८ गतेसम्म सञ्चालन हुनेछ । यसअघि मङ्गलबार बिहान उत्तरश्चिम पृतनाका कृष्णदेब भट्टले तालिमको उद्घाटन गर्नुभएको हो ।

ताजा समाचार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

महिलाको अगुवाइमा बन्यो सामुदायिक भवन

काठमाडौं । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा रु एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन...

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...