यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

Published on

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताउनुभएको छ । बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा धान रोपाइँको उद्घाटन गर्दै मन्त्री डा. परियारले सो कुरा बताउनुभएको हो । “मलखादको अभाव हुन नदिन सरकारले समयमै २९ अर्ब रुपियाँ अनुदान निकासा गरिसकेको छ,” मन्त्री डा. परियारले भन्नुभयो, “अन्तर्राष्ट्रिय परिवेशले असर नपारे यस वर्ष मलको अभाव हुँदैन, साथै प्राङ्गारिक मलको प्रयोगका लागि पनि तयारी अवस्थामा रहौँ ।” उहाँले मेसिनको प्रयोगले श्रमशक्ति र लागत घटाउने भएकाले कृषि यान्त्रिकीकरणले यस क्षेत्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कैलालीको आयोजनामा जानकी गाउँपालिका–४, कञ्चनपुरमा मेसिनद्वारा चैते धान रोपाइँ कार्यक्रम गरिएको हो । एकाइले कैलालीमा पहिलो पटक चैते धान रोपाइँका लागि मेसिन भित्र्याएको हो । यहाँस्थित बीजबृद्धि कृषि सहकारी संस्थाको दुई बिघा जमिनमा मेसिनबाट चैते धान लगाइएको छ ।

परियोजना कार्यान्वयन एकाइ कैलालीका कृषि अधिकृत भीष्मराज रेग्मीले यस पटक बर्दियामा रहेको मेसिनबाट धान रोपाइँ गरिएको र सहकारीलाई १६ लाख ५० हजार रुपियाँ मूल्य पर्ने मेसिन खरिद गरेर दिने तयारी भइरहेको जानकारी दिनुभयो । धान रोपाइँ तथा अन्तरनिकाय अनुगमन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख टीकाकुमारी भुल, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीलगायतका जनप्रतिनिधिको उपस्थिति थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...