रामपुरमा कृषि इन्जिनियरिङ कलेज सञ्चालनमा आउने

Published on

काठमाडौं । कृषि तथा बन विज्ञान विश्वविद्यालय सभाको १२ औं साधारण बैठकले कृषि इन्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ। कूलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्व विद्यालयअन्तर्गत आङ्गिक कलेजको रुपमा कृषि इन्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो ।

कलेजमा स्नातक तहसम्मको अध्यापन हुनेछ । कृषि यान्त्रिकरणसम्बन्धी विभिन्न विषयमामा पढाइ हुनेछ। इन्जिनियरिङ परिषदबाट अनुमति लिएपछि पढाइ सुरु हुने कृषि संकायका डिन डा. अर्जुन श्रेष्ठले बताए । कृषि संकायअन्तरगत एग्री कल्चरल इन्जिनियरिङ पढाइ हुने निर्णय सिनेटले पास गरेको हो ,’उनले भने , ‘यो चार वर्षको हुन्छ । यसमा यान्त्रीकरण ,सिंचाइबारे पढाइ हुन्छ । इन्जिनियरिङ परिषदले स्वीकृति दिएपछि पढाइ सुरु गर्छौं। अध्यनको पाठ्यक्रम तयार भइसकेको छ। आउदो शैक्षिक सत्रबाट भर्ना खुल्ने बताइएको छ । बैठकले आर्थिक वर्ष २०७९र८० को खर्च अनुमोदन समेत गरेको छ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...