सेयर बजार फेरि ओरालोतिर,कारोबार रकम पनि घट्यो

Published on

काठमाडौं । सातामा तीन दिन लगातार उकालो लागेको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि मंगलबारसम्म नेप्से परिसूचक निरन्तर वृद्धि भएको थियो। सेन्सेटिभ इण्डेक्स ०.८० प्रतिशतले घट्यो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ५४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। सामलिङ पावरको सेयर सर्वाधिक ९.८७ प्रतिशतले बढ्यो। यसदिन मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ५.८७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६३ करोड बढि मूल्यको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चरको २६ करोड,नगदी ग्रुपको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रोबाहेक अन्य उपसमूहको सूचक घटेको हो। कारोबारमा आएका कम्पनीमध्ये २१५ वटाको मूल्य घट्दा २९ कम्पनीको मात्रै मूल्य बढ्यो।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...