युद्धविराम वार्ताका लागि हमास प्रमुख कायरोमा

Published on

काठमाडौं । इजरायलले घेरामा हालेको प्यालेस्टिनी क्षेत्रमा आफ्ना आक्रमणलाई जारी राखेकाले गाजामा प्रस्तावित युद्धविरामबारे छलफल गर्न हमासका नेता बिहीबार कायरो आइपुग्नुहुने अपेक्षा गरिएको थियो । हमासले इजरायलसँग आफ्नो युद्धमा छ साताको युद्धविरामको प्रस्तावको समीक्षा गरिरहेको एक स्रोतले एएफपीलाई बताएको छ । पेरिसमा मध्यस्थकर्ताहरू भेला भएपछि विनाशकारी युद्धको गतिमा नयाँ विरामको दिशामा अन्तर्राष्ट्रिय प्रयास भइरहेको थियो ।

गाजामा युद्ध वा हवाई बमबारीमा कुनै कमी आएको छैन । युद्धको वर्तमान ध्यान मुख्य दक्षिणी सहर खान युनिसमा छ । त्यहाँ हमासका प्रमुख लडाकूहरू लुकेर बसेको इजरायलले बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार सहरमा रातभर धेरै इजरायली हवाई हमला भएको छ । सहायता तथा स्वास्थ्य कार्यकर्ताहरूले विशेषगरी दुई अस्पताल वरपर धेरै दिनदेखि ठूलो युद्धको सूचना दिएका छन् । प्यालेस्टिनी क्षेत्रका लागि अन्तर्राष्ट्रिय एनजिओ डक्टर्स विदआउट बोर्डर्सका प्रमुख लियो क्यान्सले भन्नुभयो, “अहिले पनि नरसंहार भइरहेको छ ।”

इजरायलले हमासमाथि गाजामा अस्पतालमुनिका सुरुङबाट सञ्चालन गरेको र चिकित्सा संस्थाहरूलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरिरहेको आरोप लगाएको छ । हमासले उक्त आरोपलाई अस्वीकार गरेको छ । हमासलाई युरोपेली सङ्घ इयु र अमेरिकाले ‘आतङ्कवादी’ सङ्गठनको संज्ञा दिएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका आपत्कालीन निर्देशक माइकल रयानले मानवीय सहायता वितरणमा अवरोधका कारण जनसङ्ख्या ‘भोकै मरिरहेको’ बुधबार बताउनुभयो । “गाजाका बासिन्दा यो द्वन्द्वका पक्षहरू होइनन् र उनीहरूलाई उनीहरूको स्वास्थ्य सुविधाजस्तै सुरक्षित गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

पछिल्लो अपडेटमा संयुक्त राष्ट्रसङ्घले गाजापट्टी विशेषरूपमा खान युनिसमा व्यापक बमबारीको सूचना दिएको छ । उसले खान युनिस सहरबाट एक लाख ८४ हजार प्यालेस्टिनी आफ्नो घर छाडेर भागेपछि मानवीय सहायता प्राप्त गर्नका लागि दर्ता गरेको बताएको छ । कतार र इजिप्टको नेतृत्वमा मध्यस्थताको प्रयास तीव्र हुँदै गर्दा हमास नेता इस्माइल हानियेह गत साता पेरिसमा पारित एउटा युद्धविराम प्रस्तावमाथि छलफल गर्न बिहीबार सिआइए प्रमुख विलियम बर्न्ससँग कायरो आउँदै हुनुहुन्थ्यो ।

तीन चरणको योजना युद्धको सुरुआती छ साताको विरामका साथ सुरु हुने र यसबाट गाजापट्टीमा थप सहायता पुर्‍याइने हमासको एक स्रोतले बताएको छ । वार्ताको संवेदनशीलताका कारण नाम नछाप्न अनुरोध गर्दै स्रोतले इजराइलमा प्यालेस्टिनी बन्दीहरूको बदलामा उक्त चरणमा हमासले नियन्त्रणमा राखेका ‘महिला, बालबालिका र ६० वर्षभन्दा धेरै उमेरका बिरामी पुरुष’ लाई मात्र मुक्त गरिने बताएको छ । “इजरायली सेनाको फिर्तीलाई लिएर पनि वार्ता हुनेछ”, स्रोतले भनेको छ । स्रोतका अनुसार सम्भावित अतिरिक्त चरणहरूमा थप बन्धक–बन्दी आदानप्रदान पनि समावेश हुनेछ । रासस

spot_img

ताजा समाचार

टी–२० विश्वकप : अस्ट्रेलिया जिम्बाबेसँग स्तब्ध

काठमाडौं । उपाधि दावेदार अस्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा समूह चरणको आफ्नो दोस्रो खेलमा जिम्बाबेसँग...

मिनी म्याराथनमा बकैयाका गोले प्रथम

काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको प्रथम बागमती खुला मिनी म्याराथन (दौड) प्रतियोगितामा...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह...

बालमैत्री गण्डकी प्रदेश निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री...