सेयर बजारमा १० अंकको गिरावट, ४ अर्बको कारोबार

Published on

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.०२ प्रतिशतले घटेर ३७४.७५ विन्दुमा पुगेको छ। यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर सकारात्मक सर्किटलेभलमा कारोबार भएको हो। आज एनआईसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६२ करोड बढि मूल्यको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको १२ करोड,हिमालयन डिस्टिलरीको ९ करोड,एनआईसी एसिया बैंकको ८ करोड र हाथवेको ८ हजार बढि मूल्यको सेयर कारोबार भयो।

तीन उपसमूहबाहेक अन्यको उपसमूहको सूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट, हाइड्रो र म्यु्चुअल फण्डबाहेक अन्य १० उपसमूहको सूचक नकारात्मक देखिएका हुन्। आइतबार कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ८ को मूल्य स्थिर रह्यो।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...