राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुरामलाई

Published on

काठमाडौं। डडेलधुरामा सञ्चालित १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुराम नगरपालिकाले हात पारेको छ। अमरगढी नगरपालिका–४ टुँडिखेलमा आइतबार सम्पन्न प्रतियोगितामा २० स्वर्ण, १२ रजत र ७ कास्यसहित परशुरामले शिल्ड जितेको खेलकुद विकास समितिले जनाएको छ। १३औं शिल्ड पनि परशुरामले जितेको थियो।

प्रतियोगितामा दोस्रो बनेको अमरगढीले १९ स्वर्ण, ७ रजत र १७ कास्य पदक जितेको छ। अजयमेरु गाउँपालिकाले ८ स्वर्ण, १७ रजत र ११ कास्य जितेको छ। प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...