राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुरामलाई

Published on

काठमाडौं। डडेलधुरामा सञ्चालित १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुराम नगरपालिकाले हात पारेको छ। अमरगढी नगरपालिका–४ टुँडिखेलमा आइतबार सम्पन्न प्रतियोगितामा २० स्वर्ण, १२ रजत र ७ कास्यसहित परशुरामले शिल्ड जितेको खेलकुद विकास समितिले जनाएको छ। १३औं शिल्ड पनि परशुरामले जितेको थियो।

प्रतियोगितामा दोस्रो बनेको अमरगढीले १९ स्वर्ण, ७ रजत र १७ कास्य पदक जितेको छ। अजयमेरु गाउँपालिकाले ८ स्वर्ण, १७ रजत र ११ कास्य जितेको छ। प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...