पाकिस्तानका प्रमुख दल गठबन्धन सरकार बनाउन सहमत

Published on

काठमाडौं । पाकिस्तानका दुई प्रमुख राजनीतिक दलहरू, पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) केन्द्रमा गठबन्धन सरकार गठन गर्न सहमत भएका छन् ।
मङ्गलबार राति उक्त सहमति जुटेको हो । राष्ट्रिय सभामा सरकार गठनका लागि आवश्यक सङ्ख्यामा सिटहरू भएकाले दुवै दल शक्ति बाँडफाँटको सूत्रमा सहमत भएका छन् । पीएमएल–एनका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शाहबाज सरिफले संयुक्त पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभयो ।
दुई पार्टीबिचको केही दिनको वार्तापछि प्रधानमन्त्री पदका लागि शरिफलाई दुवै दलले संयुक्त उम्मेदवार बनाउने र पीपीपीका सहअध्यक्ष आसिफ अली जर्दारीलाई राष्ट्रपतिको संयुक्त उम्मेदवार बनाउने निर्णय भएको छ । शरिफले सयभन्दा बढी सिट प्राप्त गरेर बहुमतमा विजयी भएका स्वतन्त्र उम्मेदवारहरूलाई सरकार गठनका लागि आमन्त्रित गरिएको थियो । तर उनीहरूले आवश्यक सङ्ख्या हासिल गर्न सकेनन् ।

अन्य पार्टीहरू जस्तै मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान, पाकिस्तान मुस्लिम लिग, र इस्तेहकाम–ए–पाकिस्तान पार्टीले सरकार बनाउने प्रयासमा पीएमएल–एन र पीपीपीलाई समर्थन गरेको छ । गठबन्धन सरकारका लागि अबको बाटो चुनौतीपूर्ण हुने स्वीकार गर्दै सरिफले गठबन्धनले मिलेर अवरोधको सामना गर्न र त्यसलाई पार गर्न तयार रहेको बताउनुभयो ।

मुलुकलाई जारी सङ्कटबाट बाहिर निकाल्न आगामी सरकारले मिलेर काम गर्ने बताउँदै उहाँले डेलिभर गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले पीपीपी र पीएमएल–एन बिचको मुख्य संवैधानिक कार्यालयहरूको बाँडफाँटको विवरण आगामी दिनमा घोषणा गरिने बताउनुभयो ।

पाकिस्तानका चुनौतीहरुलाई सम्बोधन गर्न सफल हुने आशा व्यक्त गर्दै पीपीपी अध्यक्षले पीएमएल–एनसँग गठबन्धन सरकार गठनका लागि पीपीपीको राजनीतिक गठबन्धनको समाचारले बजारबाट सकारात्मक प्रतिक्रिया आउने र स्थायित्व आउने बताउनुभयो ।

यसअघि, पाकिस्तानको निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा भएको आमनिर्वाचनपछि राष्ट्रिय सभाका २६६ सिटमध्ये २६५ सिटको नतिजा सार्वजनिक गरेको थियो । जसमा कुनै पनि राजनीतिक दलले साधारण बहुमत ल्याउन सकेका थिएनन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

यमनमा फेरि युद्धको खतरा, हुथी–साउदी तनाव चुलियो

अमेरिका–इरान द्वन्द्वको प्रभाव यमनमा पनि देखिन थालेको छ। हुथी विद्रोहीले साउदी अरब र लालसागर...

रास्वपामा सुधन गुरुङलाई उपसभापति बनाउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेता सुधन गुरुङलाई उपसभापतिमा मनोनयन गर्ने तयारी गरेको छ। सभापति...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको उच्च जोखिम, यात्रा अझै असुरक्षित

मुग्लिन–नारायणगढ सडकखण्डमा नयाँ स्थानहरूमा समेत पहिरो खस्ने जोखिम बढ्दै गएको छ। लगातार वर्षासँगै सडकका...

देवानगञ्ज हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सोमबार राति...