पाकिस्तानका प्रमुख दल गठबन्धन सरकार बनाउन सहमत

Published on

काठमाडौं । पाकिस्तानका दुई प्रमुख राजनीतिक दलहरू, पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) केन्द्रमा गठबन्धन सरकार गठन गर्न सहमत भएका छन् ।
मङ्गलबार राति उक्त सहमति जुटेको हो । राष्ट्रिय सभामा सरकार गठनका लागि आवश्यक सङ्ख्यामा सिटहरू भएकाले दुवै दल शक्ति बाँडफाँटको सूत्रमा सहमत भएका छन् । पीएमएल–एनका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शाहबाज सरिफले संयुक्त पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभयो ।
दुई पार्टीबिचको केही दिनको वार्तापछि प्रधानमन्त्री पदका लागि शरिफलाई दुवै दलले संयुक्त उम्मेदवार बनाउने र पीपीपीका सहअध्यक्ष आसिफ अली जर्दारीलाई राष्ट्रपतिको संयुक्त उम्मेदवार बनाउने निर्णय भएको छ । शरिफले सयभन्दा बढी सिट प्राप्त गरेर बहुमतमा विजयी भएका स्वतन्त्र उम्मेदवारहरूलाई सरकार गठनका लागि आमन्त्रित गरिएको थियो । तर उनीहरूले आवश्यक सङ्ख्या हासिल गर्न सकेनन् ।

अन्य पार्टीहरू जस्तै मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान, पाकिस्तान मुस्लिम लिग, र इस्तेहकाम–ए–पाकिस्तान पार्टीले सरकार बनाउने प्रयासमा पीएमएल–एन र पीपीपीलाई समर्थन गरेको छ । गठबन्धन सरकारका लागि अबको बाटो चुनौतीपूर्ण हुने स्वीकार गर्दै सरिफले गठबन्धनले मिलेर अवरोधको सामना गर्न र त्यसलाई पार गर्न तयार रहेको बताउनुभयो ।

मुलुकलाई जारी सङ्कटबाट बाहिर निकाल्न आगामी सरकारले मिलेर काम गर्ने बताउँदै उहाँले डेलिभर गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले पीपीपी र पीएमएल–एन बिचको मुख्य संवैधानिक कार्यालयहरूको बाँडफाँटको विवरण आगामी दिनमा घोषणा गरिने बताउनुभयो ।

पाकिस्तानका चुनौतीहरुलाई सम्बोधन गर्न सफल हुने आशा व्यक्त गर्दै पीपीपी अध्यक्षले पीएमएल–एनसँग गठबन्धन सरकार गठनका लागि पीपीपीको राजनीतिक गठबन्धनको समाचारले बजारबाट सकारात्मक प्रतिक्रिया आउने र स्थायित्व आउने बताउनुभयो ।

यसअघि, पाकिस्तानको निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा भएको आमनिर्वाचनपछि राष्ट्रिय सभाका २६६ सिटमध्ये २६५ सिटको नतिजा सार्वजनिक गरेको थियो । जसमा कुनै पनि राजनीतिक दलले साधारण बहुमत ल्याउन सकेका थिएनन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

ताजा समाचार

प्लाइउड निर्यात दोब्बरले बृद्धि

काठमाडौं । गत केही वर्ष यता नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक...

आँधीखोलामा बेपत्ता बिद्यार्थी मृत भेटिए

काठमाडौं । स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । वालिङ...

विद्युत बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०८१ मा महसुल...

अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल...