मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

Published on

काठमाडौं । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पीडितहरूको शवलाई अल–अक्सा शहीद अस्पतालमा सारिएको बताएको छ । सुरक्षा स्रोतहरूले इजरायली आक्रमणमा छिमेकमा गम्भीर क्षति पुर्‍याएपछि मानिसहरूलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको स्थानमा पुगेको बताएका छन् ।

चिकित्सा स्रोतहरूका अनुसार अल–अक्सा शहीद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ । रासस/सिन्ह्वा

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...