प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिन जोड

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्दा प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।

आजदेखि धनगढीमा सुरु भएको योजना बैङ्क तर्जुमा दिग्दर्शन, २०८० को अभिमुखीकरण तथा प्रयोगशाला सम्बन्धी कार्यशालाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री शाहीले गरिबी, न्यूनीकरण, रोजगारी सृजना हुनेसहित प्रतिफल प्राप्त हुने योजनालाई छनोट गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रदेश सरकारको लक्ष्य सामाजिक परिवर्तन रहेको उल्लेख गर्दै उहाँले आयोजना बैङ्कले धेरै हद्सम्म आयोजनालाई व्यवस्थित गरी लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताउनुभयो। यसैगरी, योजना बैंकको प्रभावकारी कार्यान्वनमा सबै पक्ष लाग्न आवश्यक रहेको मन्त्री शाहीको भनाइ थियो। रोजगारीका लागि भारत जानुपर्ने बाध्यतालाई रोक्नका लागि गहन छलफल हुनुपर्ने भन्दै मन्त्रीले अगाडि थप्नुभयो,“त्यस सम्बन्धमा योजना बनाएर अगाडि बढ्नुपर्दछ।”

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...