प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिन जोड

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्दा प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।

आजदेखि धनगढीमा सुरु भएको योजना बैङ्क तर्जुमा दिग्दर्शन, २०८० को अभिमुखीकरण तथा प्रयोगशाला सम्बन्धी कार्यशालाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री शाहीले गरिबी, न्यूनीकरण, रोजगारी सृजना हुनेसहित प्रतिफल प्राप्त हुने योजनालाई छनोट गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रदेश सरकारको लक्ष्य सामाजिक परिवर्तन रहेको उल्लेख गर्दै उहाँले आयोजना बैङ्कले धेरै हद्सम्म आयोजनालाई व्यवस्थित गरी लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताउनुभयो। यसैगरी, योजना बैंकको प्रभावकारी कार्यान्वनमा सबै पक्ष लाग्न आवश्यक रहेको मन्त्री शाहीको भनाइ थियो। रोजगारीका लागि भारत जानुपर्ने बाध्यतालाई रोक्नका लागि गहन छलफल हुनुपर्ने भन्दै मन्त्रीले अगाडि थप्नुभयो,“त्यस सम्बन्धमा योजना बनाएर अगाडि बढ्नुपर्दछ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...